Birat Post शनिबार, माघ २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

महोत्तरी,२७ माघ /राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले संविधान र संसदको नियन्त्रणमा रही राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यस्थाको कल्पना गरेको बताएका छन्।

शनिबार महोत्तरीको जलेश्वरस्थित जिल्लास्तरीय पार्टी प्रशिक्षणका लागि पुग्नुअघिजनकपुरधाममा भएको पत्रकार सम्मेलनमा उनले केवल राजसंस्था फर्काउने मात्र नभई संविधान र संसदको नियन्त्रणमा रहि राजादेखि माओवादी सबै अटाउने प्रजातान्त्रिक व्यवस्थाको कल्पना गरेको बताएका हुन्।

उनले भने,‘संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौं । हामीले कल्पना गरेको प्रजातान्त्रिक व्यस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ। हामीले केवल राजसंस्था फर्काउने मात्र कुरा गरेको होइनौं।’

उनले देशमा ठूलो सङ्ख्यामा गणतन्त्र चाहने मानिस रहेकाले गणतन्त्रवादीलाई र परिवर्तनकारीहरुलाई पनि चित्त बुझ्ने सहमति र सम्झौताको राजसंस्थाको चाहेको बताए । राजादेखि माओवादी सबै अटाउने मौलिक प्रजातन्त्रको कुरा गरेको हुनाले निरङकुश हुने अथवा कार्यकारी हुने भन्ने प्रश्न नै नआउँने उनको भनाइ छ।

सम्बन्धित

ताजा अपडेट
निरौला बन्धु सेवा समाज विराटनगरमा नयाँ कार्यसमिति
हरेक प्रहरी दमनकारी र जेन-जी विध्वंशकारी हुँदैन भन्ने महसुस गराउनु छः मन्त्री भण्डारी
एमाले निर्णायक राष्ट्रिय शक्ति हो, स्टन्टबाजीमा विश्वास गर्दैन : अध्यक्ष ओली

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल