Birat Post शनिबार, फाल्गुण १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,१२ फाल्गुन ।  नेपाली कांग्रेसका नेता डा.शंशाक कोइरालाले महासमितिको बैठकपछि सबै प्रतिनिधिहरु उत्साह र उमंगकासाथ गाउँ फर्कन आग्रह गरेका छन् ।

शनिबार काठमाडौंका डा.कोइरालाले महासमिति सदस्यहरुको सम्मानमा आयोजना गरेको चियापान कार्यक्रममा उनले अब देशको भविष्य कांग्रेससँग मात्र भएको जिकिर गर्दै सबैलाई घर फर्कदा उत्साह र उमंगसाथ फर्कन आग्रह गरे ।

उनले भने,‘अब घर जाँदा आउँदो निर्वाचनमा कांग्रेस सर्वश्रेष्ठ पार्टीको रुपमा अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टी बनाउनुपर्छ । जाँदा एउटा उत्साहको साथ जानुपर्छ । उमंगकासाथ जानुपर्छ । भविष्य हाम्रो हो । कसैको होइन् कांग्रेस हाम्रो भविष्य हो । कांग्रेसहरु एक ढिका भयो भने नेपाली कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन् त्यो प्रतिबद्धताकासाथ अगाडि बढ्नुहोस् ।’

उनले विपी कोइरालाले देश र जनताका लागि गरेको बलिदानलाई कांग्रेसले सदैव सम्झनुपर्ने बताए । कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री प्रकाशमान सिंह ,कृष्णप्रसाद सिटौलालगायत पार्टीका नेता, महासमिति सदस्य तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल