Birat Post सोमबार, फाल्गुण १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, १४ फागुन । भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। उहाँको आइतबार ८१ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उहाँको बाटोमै निधन भएको हो ।

उनका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा, माया मेरी साँझ बिहान, लगायत गीतहरु निकै चर्चित छन्।

२०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि  उनले स्वर गुमाएका थिए   । त्यसयता उनी ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।

यस्तै भारतीय गायक पंकज उदासको मृत्यु भएको छ। सोमबार ७२ वर्षको उमेरमा उनको मृत्यु भएको हो। मृत्युको खबर उनका छोरा नायबले सामाजिक सञ्जालमार्फत दिएका हुन्। पंकज लामो समयदेखि बिरामी थिए।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे उनको निधन भएको हो। उनको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो। उनी आफ्नो तीन भाइमध्ये कान्छा थिए। उनलाई सानै उमेरदेखि गायनमा रूचि थियो।

उनले सन् १९८० मा ‘आहत’ नामबाट पहिलो गजल एल्बम निकालेका थिए। जसलाई दर्शकश्रोताले निकै रूचाएका थिए। उनले सन् २००६ मा पद्मश्री पुरस्कार प्राप्त गरेका छन्।

सम्बन्धित

ताजा अपडेट
भिजिट भिसा प्रकरणमा रास्वपाको माग यथावत्, सदनको अवरोध कायमै राख्ने निर्णय
नेपालले श्रीलङ्कालाई ८-० गोलले हरायो, कप्तान सावित्राको ह्याट्रिक
माओवादी सशस्त्र द्वन्द्व अन्त्य गर्न गिरिजाप्रसाद कोइरालाको नेतृत्व निर्णायक थियो : नेता भीम पराजुली

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल