Birat Post सोमबार, फाल्गुण २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

अष्ट्रिया,२१ फाल्गुन/ अष्ट्रियामा बसोबास गर्दै आएका नेपाली युवा खेलाडी विनय कार्कीले अन्तर्राष्ट्रियस्तरका विभिन्न पदक जितेर नेपालको शान उच्च बनाएका छन् । विदेशमा बसेर पनि मातृभूमि नेपालको प्रतिष्ठा उच्च बनाउन सकिन्छ भन्ने उदाहरण कार्कीले प्रस्तुत गरेका छन् । उनले मार्सल आर्टस अन्तर्गत तेक्वान्दो खेलमार्फत दर्जनौं अन्तर्राष्ट्रिय पदक प्राप्त गरिसकेका छन् ।

चार महादेशको ३४ देशमा अष्ट्रियाका तर्फबाट सहभागिता जनाएर पदकसमेत प्राप्त गरेका छन् । उनी वल्र्ड च्याम्पियन सिप, युरोपियन च्याम्पियनसिप, नेशनल च्याम्पियनसिप जी–वान र टु इन्टरनेशनल गरी १२९ वटा विश्वका विभिन्न ठूला सहरमा प्रतिस्पर्धा गरी ७४ वटा स्वर्ण, २५ वटा कास्य, १५ वटा रजत पदक प्राप्त गरिसकेका छन् । त्यस्तै उत्कृष्ट फाइटरको ट्रफी हात पार्न सफल कार्की एनआरएनएको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा पुगेर स्वर्णसहित विभिन्न पदक जित्न सफल भएका छन् ।

नेपाली युरोपियन खेलकुद संघका सल्लाहकारसमेत रहेका बुवा विकास कार्कीको प्रेरणाले खेल क्षेत्रमा लागेको बताउने विनय सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । उनी नेपाल आउँदा गरिब तथा असहायलाई सहयोगसमेत गर्ने गरेका छन् । नेपाली समाज अष्ट्रियालाई विश्वभर चिनाउन सफल विनय आफ्नो सफलतामा बुवा र परिवारको हात रहेको बताउँछन् । विदेशमा बसोबास गर्ने नेपालीहरुका लागि विनय गौरव भएको अष्ट्रियामा विगत साढे दुई दशकदेखि पर्यटन व्यवसाय गर्दै आएका नेपाली युरोपियन खेलकुद संघका अध्यक्ष दिलकुमार घमालको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल