Birat Post बिहिबार, फाल्गुण २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

दोलखाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तरमा पर्ने यो कालिन्चोक समुन्द्री सतहबाट ३,७०० मिटर उचाईमा रहेको आन्तरिक पर्यटकको उत्कृष्ट गन्तब्य स्थल  हो । मन्दिर परिसरमा भगवती, गणेशका मूर्ति र शिवपार्वती मुर्ति रहेका छन् । कालिञ्चोक दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ ।नयाँ वर्ष, जनै पूर्णिमा र मंसिरे पूर्णिमामा मेला लाग्छ ।

कालिञ्चोक बेस क्याम्प कुरी भञ्ज्याङमा मन्दिर दर्शन गर्न आउन भक्तजनहरुका लागी प्रशस्तमात्राामा होटलहरु रहेका छन् । जहाँ पाँच सयदेखि तीन हजार रुपैयाँसम्मका कोठा पाइन्छ । सादा खानाको दुई सय रुपैयाँ पर्छ ।

दोलखाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तरमा पर्ने यो कालिञ्चोक भगवतीको मन्दिर पुग्न विगतमा निकै कठिन भए पनि अहिले भने त्यति कठिन देखिँदैन ।

किनभने, त्यहाँसम्म पुग्नका लागि सार्वजनिक यातायातको सुविधा नभए पनि निजी तथा भाडाका सवारीसाधन उपलब्ध हुने हुँदा जो–कोहीलाई पनि सहजताको अनुभव हुने नै भयो ।

अर्कोतर्फ कुरी बजारदेखि मन्दिरसम्म कालिञ्चोक दर्शनका लागि केवलकारको सेवा रहेको छ । कालिञ्चोकबाट सूर्योदय, सूर्यास्त र हिमालको रोचक दृश्य देखिन्छ । त्यहाँबाट लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि सगरमाथासम्म देखिन्छ ।यात्राबाट फर्कंदा छुर्पी, चिज, चौंरीको घ्यु, काष्ठकला, खरिढुँगा कला कोसेली ल्याउन सकिन्छ ।

कालिन्चोक भगवती आन्तरीक पर्यटकको प्रमुख रोजाईमा परेको स्थान मध्य एक हो । कालिञ्चोक भगवतीको मन्दिर परापूर्वकालदेखि नै हिन्दूहरुका लागि निकै महत्वपूर्ण मानिँदै आएको हो र अहिले त यातायातको सुविधाले गर्दा दर्शन गर्न आउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्था छ । त्यसैले गर्दा यस क्षेत्रको विकासका लागि पर्यटनबाट हुने आम्दानीले ठूलो योगदान दिँदै आएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल