Birat Post सोमबार, फाल्गुण २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,२८ फाल्गुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम –२ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिने तर, बझाङमा भने भाग नलिने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बताए । उनले भने, ‘इलामको उपनिर्वाचनमा भाग लिने, बझाङमा नलिने निर्णय भएको छ । साथै सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै यस ऐतिहासिक अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरियो ।’

बैठकले उम्मेदवार भने टुंगो लगाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणका लागि बनाएको नयाँ गठबन्धनमा सामेल भएर सरकारमा सहभागी रास्वपाले उपनिर्वाचनमा भाग लिने नलिने अन्योल थियो ।

गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी छन् । अघिल्लो गठबन्धनमा दलहरुले सीट बाँडफाँट गरेर सहमतिमा उम्मेदवारी दिँदै आएका थिए । यसपटकको गठबन्धनमा आफू सामेल भए पनि निर्वाचनमा भने भाग लिने निर्णय रास्वपाले गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल