Birat Post मंगलबार, चैत्र २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २० चैत । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि निश्कर्षविहीन बनेको छ । आसन्न उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्डमा बसेको पदाधिकारी बैठक निश्कर्षविहीन बनेको हो ।

कांग्रेसलाई उपनिर्वाचको उम्मेदवार टुंङ्ग्याउन सकस भएको छ । आजको बैठकमा छलफ भएको र कुनै निर्णयमा पुग्न नसकिएको पार्टी प्रवक्ता रामशरण महतले बताए । ‘भोलि फेरि बसेर निर्णय गर्ने कुरा भयो । भोलि ४ बजे बस्ने निर्णय भएको छ । आज चाहीँ छलफलमात्रै भयो,’– प्रवक्ता महतले भने ।

इलाम–२ का लागि उम्मेदवार चयन कांग्रेसका लागि थप पेचिलो बनेको छ । इलाम–२ बाट उम्मेदवारको आकांक्षी डम्बर खड्का, भेषराज आचार्य र नगेन्द्र कुमाल रहेका छन् । संस्थापनइत्तर पक्षले भेषराजको पक्षमा लविङ गरिरहेको छ भने सभापति शेरबहादुर देउवा खड्कालाई नै उम्मेदवार बनाउन चाहन्छन् ।

यसरी दुवै पक्षले आफ्नो अडान नछाड्दा मध्यमार्गी उम्मेदवार कुमाल हुनसक्ने सम्भावना बढेर गएको छ ।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल