Birat Post मंगलबार, चैत्र २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २० चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्धको विरोध कायमै राख्ने निर्णय गरेको छ।

मंगलवार पार्टी सभापति शेर बहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन तथा पदाधिकारी बैठकले गृहमन्त्री लामिछाने विरुद्ध संघीय संसदमा विरोध कायमै राख्ने निर्णय गरेको एक नेताले  जानकारी दिए।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको विषयमा मन्त्रालयगत जवाफ दिने क्रम सुरु भएको छ। लामिछानेले पनि आफ्नो मन्त्रालयसँग जोडिएका प्रश्नहरुको जवाफ दिने तयारी गरेका छन्।

सहकारी अनियमिततामा उनको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेस गृहमन्त्रीको जवाफ सुन्न तयार नभएकोले संसदमा बोल्नै नदिने र गृहमन्त्रीले बोलेपनि नसुन्ने रणनीति बनाएको हो। समिति गठन नभएसम्म गृहमन्त्री लामिछानेको जवाफ नसुन्ने कांग्रेसले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
एमाले महाधिवेशनः ईश्वर पोखरेल समूहको बलियो उपस्थिति,स्वतन्त्र विद्रोह र प्यानलहरूबीच कडा टक्कर पर्ने सम्भावना
सुहाङ नेम्वाङले एमाले केन्द्रीय सदस्यमा दिए स्वतन्त्र उम्मेदवारी
सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल