Birat Post बुधबार, चैत्र २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ चैत ।
प्रत्येक १२ वर्षमा चतरामा महाकुम्भ मेला आयोजना हुदै आएको छ । नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा २०५९ वैशाख १ गतेबाट चतरामा कुम्भ मेला आयोजना हुँदै आएको छ ।

चैत २७ देखि २०८१ वैशाख २८ गतेसम्म बराहक्षेत्र चतराधाम क्षेत्रमा बाह्र वर्षे पूर्ण महाकुम्भ मेला आयोजना हुने भएको हो ।
यस संगै जगदगुरु श्रीरामानन्दाचार्य सेठा पीठ बराहक्षेत्र चतराले १० करोड भन्दा बढि रकम खर्चेर आगामी बैशाख १ गतेदेखि ११ गतेसम्म संकटमोचन श्रीहनुमद् महायज्ञको आयोजना गर्न लागेको छ । भारतको मध्य प्रदेश स्थित बागेश्वर धामका हिन्दुधर्मगुरु धीरेन्द्रकुमार शास्त्री सहभागिता जनाउँदै धार्मिक प्रवचन दिने कार्यक्रम रहेको छ । यसको नेतृत्व भने श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाले गरेका छन् ।

कुम्भ मेला र संकटमोचन श्रीहनुमद् महायज्ञ एकै पटक हुने र धेरै धर्मानुरागीहरुको सहभागिता हुने कुरालाई मध्यनजर गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले लिए चासो लिएका छन् । उनले आयोजक संस्थाका पदाधिकारी तथा स्थानीय तहका प्रमुखहरु संग बुधबार मन्त्रालयमै छलफल गरे ।

उनले नजिकका अस्पताल र तिनका प्रमुखहरु संग समेत संवाद गरेका छन् । विराटपोष्ट संग कुरा गर्दै सुनुवारले नजिकका अस्पतालका चिकित्सक ,त्यहीका स्रोत साधनलाई परिचालन गरिने जानकारी दिए । उनले भने , “मेलामा धेरै मानिसहरुको जमघट हुने आंकलन आयोजक समितिको छ । कुनै खाले भवितव्य आए के गर्ने भन्ने विषयमा स्थानियतवरवाट चासो आएपछि मन्त्रालयका तर्फवाट आफुले के गर्न सकिन्छ भनेर सुझाव लिए । मेला नजिक रहेका अस्पताल र तीनका सवैखाले सेवा लिने विषयमा सकारात्मक कुरा आएको छ ।”

उनले वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, इटहरीको सैनिक अस्पतालले सेवा दिने जानकारी दिए । चिकित्सकीय सुविधा देखी अन्य सवै खाले सुरक्षाका विषयमा समेत छलफल र गृहकार्य भइरहेको सुनारले बताए ।कार्यक्रममा प्रदेशसभा सदस्य ममता योन्जन,बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की,स्वास्थ्य सचिव सुधा देवकोटा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विश्वासको मत लिदै प्रधानमन्त्री दाहाल
संसदमा भएको ‘धकेलाधकेल’ बारे बहस, कांग्रेसले संसदीय दलको बैठक डाक्यो
ओलीलाई शेखर कोइरालाकाे जवाफः धम्कीको भाषा मान्य छैन

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल