Birat Post शुक्रबार, चैत्र २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

सुनसरी,२३ चैत ।
सुनसरीकाे हरिनगरा क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेकाे छ । हरिनगरा गाउँपालिकामा दुई समूहबीच झडप भएपछि अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर गरेकाे सुनसरी प्रहरीले जानकारी दिएकाे छ ।

हरिनगरा गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा हिजाे दुई समुदायबीच भएको झडपलाई लिएर आज हिन्दु सप्रदाय आन्दोलनमा उत्रिएको थियाे । हिजाे स्थानीय जीवन मेहतामाथि मरणासन्न हुनेगरी कुटपिट भएको थियो । मेहता अहिले उपचाररत छन् ।

सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको जानकारी दिए ।

यसैबीच आज दिउँसो १२ बजेदेखि लागू हुने गरी अर्काे सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा लागू गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल