Birat Post शुक्रबार, चैत्र २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

कौशल निरौला

विराटनगर,२३ चैत । आम मानिसले जहिल्यै मन लाग्यो या समय मिल्यो कपाल मिलाउने,दाह्री काट्ने या कपाल मुण्डन गर्ने गर्छन् । धार्मिक मान्यताका धेरै कुराहरु हराउदै गइरहेका बेला मानिसहरुले समय मिलाएर वा बार मिलाएर कपाल काट्ने भन्नेकुरा धेरै परको कुरा हुन जान्छ । कतिलाई यो विषय अनौठो पनि लाग्न सक्छ ।

यद्यपी नेपाल -भारतका चर्चित तथा धार्मिक प्रवृत्तिका नेताहरु पुरातन मूल्य मान्यतालाई पनि ख्याल राख्छन् । विराटपोष्टले यही विषयमा धेरै नेताहरुको दैनिकचर्या र शारीरिक स्वास्थ्यका विषयमा अध्ययन समेत गर्दै आएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.शेखर कोइराला शुक्रबार मात्रै कपाल काट्छन् । धार्मिक दृष्टिकोणले बुधबार र शुक्रबार कपाल,दाह्री काट्नु राम्रो मानिन्छ । यसले मानिसलाई उत्तम आयुको तथा स्वस्थ्य र धनबान बनाउछ भन्ने धार्मिक मान्यता रहेको छ । आयुर्वेदका ज्ञाताहरुले समेत शुक्रबार उत्तमबार भनेका छन् ।

बिहिबार मोरङ उद्योग व्यापार संघको ६७ औं बार्षिक साधारणसभा को उद्घाटनका लागि विराटनगर आइपुगेका नेता कोइरालाले शुक्रबार विराटनगरमा कपाल काटेका छन् । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले अधितमरुपमा भ्याए सम्म शुक्रबारका दिन कपाल काट्ने गरेको पुष्टी गरे ।  काेइराला गृहनगर विराटनगर आएकाबेला शैलुनमै गएर दाह्री ,कपाल काट्ने गरेका छन् । मातृका गल्लीमा अनिल ठाकुरले खाेलेकाे शैलुनमा मात्रै उनी कपाल काट्छन् ।कोइराला शारीरिकरुपमा पनि आफुलाई तन्दुरुस्त र सफा राख्न सफल देखिन्छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि बुधबार र शुक्रबार मात्रै कपाल,दाह्री मिलाउने गर्छन् । तिथि,महिना र गतेको समेत ख्याल गर्ने गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यस्तै भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले समेत बुधबार या शुक्रबार मात्रै कपाल मुण्डन गर्ने गर्छन् ।
नेता कोइराला वा भारतका विशिष्ट  व्यक्तिहरु मात्रै होइन अन्य धेरै चर्चित मानिसहरु यस्ता छन् जसले पुरातन मान्यताहरुलाई पालना गर्दै आएका छन् जुन हामी क्रमशः प्रस्तुत गर्दै जानेनै छौं ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल