Birat Post शनिबार, चैत्र २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,२४ चैत । सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यू जारी छ । शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्यूलाई आज पनि निरन्तरता दिइएको हो ।

सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ५ वटा स्थानीय तहमा लगाइएको कर्फ्यूलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिए ।

स्थानीय प्रशासनले अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिनका लागि सम्भावित झडप हुने ठाउँमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । कर्फ्यू जारी भए पश्चात् जनजीवनमा सामान्य बन्दै गएको पनि कायममुकायम प्रमुख जिल्ला अधिकारी फुयाँलले बताए ।

जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह पनि गरेको छ । घटनाबारे अनुसन्धान गरी कारबाही, सुरक्षा र समस्या समाधानका लागि संवादलाई पनि अघि बढाइएको कायममुकायम प्रमुख जिल्ला अधिकारी फुयाँलले बताए । सो समस्या समाधानका लागि सर्वदलीय बैठक समेत बोलाइएको छ ।

यसैबीच सुनसरी प्रहरीले हिन्दु युवा कुटपिटमा संलग्न उपरको जाहेरीका आधारमा केही मुस्लिम युवालाई पक्राउ गरिएको र अन्यको खोजी जारी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले अघिल्लो दिनको दाँजोमा अवस्था सामान्य बन्दै गएको बताउनुभएको छ । यद्यपि, सुरक्षा संवेदनशीलतालाई ख्यालमा राखी बाक्लो सुरक्षा तैनाथी मिलाइएको उहाँले बताए । एसपी रेग्मीले कर्फ्यू उल्लङ्घन गर्न खोज्नेलाई पक्राउ गरिरहिएको बताएका छन् ।

शुक्रबार हरिनगरको भुटाहाबाट चर्केको हिन्दु मुस्लिम बिचको झडपले दिनभरजसो दक्षिणी भेग अशान्त बन्न पुगेको थियो । दुवै समुदाय आपसमा भिडेपछि सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन ८३ राउन्ड हवाई फायर र ३१ राउन्ड अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । घटनामा परी ४० बढी घाइते भएका छन् । घाइते हुनेमा प्रहरीको सङ्ख्या ज्यादा रहेको दाबी गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
कक्षा-३ का विद्यार्थीहरूको पढाइ तथा गणितीय सीप परीक्षण हुदै, कोशी प्रदेशका ११० विद्यालय छनौट
जनताले गाँस काटेर जम्मा गरेको रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छ: मेयर कोइराला
बुद्धजयन्तीका अवसरमा निःशुल्क आँखा शिविर

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल