Birat Post मंगलबार, चैत्र २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई नयाँ सम्झौताको लागि आह्वान गरेका छन् । आज (मंगलबार) राप्रपाले आह्वान गरेको जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नयाँ सम्झौतामा आउन भनेका हुन् । राजा र राजनीतिक दलबीच नवीन सम्झौता आवश्यक रहेको उनको ठहर छ ।

यदि नयाँ सम्झौतामा नआउने हो भने भाग्न तयार भएर बस्नसमेत उनले चेतावनी दिएका छन् । गणतन्त्र देशको लागि ठीक छैन भन्ने कुरा १५ वर्षको अभ्यासले प्रमाणित गरेको उनको दाबी छ । उनले राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको खण्डमा मात्रै देश बन्ने बताए ।

‘कांग्रेस, एमाले, माओवादी जो अहिले माओवादीको एजेण्डा समर्थन गर्ने घण्टी पार्टीलाई पनि भन्न चाहन्छु यो बाटो ठीक छैन । मुलुकलाई अनिर्णयको बन्दी नबनाउनुस् । दुर्घटनातर्फ नलानुस् । नयाँ सम्झौता गरौं । हामीले पछाडि फर्किने कुरा गरिरहेको छैनौं । होईन भने तपाईँहरु भाग्न तयार हुनुस्,’– उनले भने ।

१५ वर्षको अभ्यासले राजसंस्था भन्दा गणतन्त्र कम खर्चिलो रहेनछ भन्ने कुरा पुष्टि भएको उनले बताए । अहिले देशले दुई–दुई वटा पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति पाल्नु परेको उनले टिप्पणी गरे । ‘गणतन्त्रको डेढ दशकमा हामीले निश्कर्ष निकाल्यौं । राष्ट्रपतिभन्दा राजा कयौं गुणा राम्रो हुने रहेछ । गणतन्त्रको यो १५ वर्षको अभ्यासले प्रमाणित गर्यो । तीन वटा राष्ट्रपति हामीले हेर्यौं । राजाभन्दा कम महँगो रहेनछ । अहिले दुई वटा पूर्व राष्ट्रपति पाल्नु परेको छ । उपराष्ट्रपति पनि पाल्नु परेको छ,’– उनले भने ।

दलबाट निर्वाचित राष्ट्रपति सबैको अभिभावक नहुँदो रहेछन् भन्ने कुरा अहिले प्रमाणित भएको उनले बताए । प्रधानमन्त्री एउटा निर्वाचन क्षेत्रको नभएर सिंगो देशलाई एउटा निर्वाचन मानेर प्रत्यक्ष जनताबाट निर्वाचित हुनुपर्ने उनको भनाइ छ ।

साथै, नेपाल हिन्दुराष्ट्र हुनुपर्ने उनले बताए । नेपाल हिन्दुराष्ट्र हुँदा गैरहिन्दुहरुले उपेक्षित हुनु नपर्ने उनको भनाइ छ । नेपाल हिन्दुराष्ट्र बन्नु गौरवको विषय हुने उनले बताए । प्रदेश संरचना देशले धान्न नसक्ने उनको दाबी छ । केन्द्र र बलियो स्थानीय तहको व्यवस्था गरेर प्रदेश खारेजी गर्नुपर्ने नेता लिङ्देनको माग छ । नेता लिङ्देनले आफूहरुले उठाएको विषय पार्टीको मात्रै नभएर आम देशवासीको एजेण्डा रहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल