Birat Post शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

रियाद । साउदी अरेबियाले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रबर्धन गरिरहेको छ । तर साउदी अरबमा रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ।

साउदी अरबमा इस्लामको सबैभन्दा महत्त्वपूर्ण स्थानहरू मक्का र मदिना हुन् र रक्सीलाई इस्लाममा हराम मानिन्छ। यस्तो अवस्थामा साउदीमा मदिरा बिक्री र उत्पादनमा प्रतिबन्ध लगाइएको छ ।

साउदी पर्यटन मन्त्री अहमद अल खातिबले मदिरा आवश्यक भए पनि यसले साउदीको पर्यटनमा प्रतिकूल असर नपरेको बताएका छन् । ब्लूमबर्गसँगको अन्तर्वार्तामा उनले साउदीले मदिरा बिक्री नगर्ने निर्णय गरेको बताए ।

अहमद अल खातिबले साउदीमा ठूलो संख्यामा मानिसहरु आउने गरेको बताए । धेरै मानिसहरु व्यापार, फुर्सद र धार्मिक कारणले आउने गरेका छन् तर उनीहरुले रक्सीको बारेमा गुनासो गरेका छैनन्। मन्त्रीले साउदी आउने मानिसहरु खानपान र किनमेलमा रमाइलो गर्ने गरेको बताए । विदेशीहरू यहाँको संस्कृतिसँग परिचित छन्। मन्त्रीले साउदीको पर्यटन प्रवद्र्धनले निरन्तरता पाउनेमा आफू आशावादी रहेको बताए ।

साउदी अरबले अन्तर्राष्ट्रिय पर्यटनमा ठूलो फड्को मारेको छ । संयुक्त राष्ट्रसंघको पर्यटन वरियतामा साउदीले शीर्ष स्थान हासिल गरेको छ । सन् २०१९ को तुलनामा सन् २०२३ मा साउदीमा पर्यटनमा ५६ प्रतिशतले वृद्धि भएको छ ।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान  ‘गोल २०३०’ अन्तर्गत धेरै कुरामा काम गरिरहेका छन्, जसमध्ये सबैभन्दा ठूलो पर्यटन हो। रिपोर्टका अनुसार सन् २०२३ मा १.०६ करोड मानिसले साउदी अरेबिया भ्रमण गरेका थिए, यो संख्या साउदी भिजन २०३० भन्दा बढी हो ।

सरकारले निओम सिटी, लक्जरी ट्रेनलगायत धेरै कुरामा अर्बौं डलर लगानी गरिरहेको छ तर सबैभन्दा ठूलो प्रश्न साउदीमा मदिरा नहुँदा पर्यटक आउँदैनन् भन्ने हो । यो प्रश्नको जवाफ साउदी पर्यटन मन्त्रीले दिएका छन् ।

हालैका महिनाहरूमा, साउदीमा रक्सी पसल खोलिएको खबर साउदीबाट आएको थियो तर यो पसलमा गैर मुस्लिम कूटनीतिज्ञहरूलाई मात्र रक्सी उपलब्ध गराउने निर्णय गरिएको छ।

यस पसलमा धेरै कडा नियमहरू बनाइएको छ। साउदीले ७० वर्षमा पहिलो पटक मदिरा बिक्री गर्ने कदम चालेको छ । यो पसल कूटनीतिक क्वार्टर नजिकै खोलिएको छ, जहाँबाट मदिरा किन्न एपमा दर्ता गर्नुपर्नेछ ।

यस बाहेक यस पसलबाट दर्ता भएका व्यक्तिले मात्र मदिरा किन्न पाउँछन्, कुनै पनि साथी वा चालकलाई रक्सी दिइने छैन।

सम्बन्धित

ताजा अपडेट
एनबीएससी शोरुमले विराटनगरमा तेस्रो शाखा संचालनमा ल्याउदै
दुई राउन्ड गोली प्रहार गरी भारतीय लागु औषधी कारोबारी नियन्त्रणमा
मारवाडी क्रिकेट लिगको सेमिफाइनल र फाइनल काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा हुने

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल