Birat Post मंगलबार, बैशाख १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

झापा,१८बैशाख/  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपालमा राजनीतिक स्थायित्व बिना अपेक्षाअनुसारको वैदेशिक लगानी नआउने बताएका छन् । झापाको गौरादहमा नेपाली कांग्रेस गौरादह नगर कार्यसमितिको नवनिर्मित ‘वीपी स्मृति भवन’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देश विकासको बाधक राजनीतिक अस्थिरता भएको ठोकुवा गरे ।

उनले सरकारले गरेको लगानी सम्मेलनबाट अपेक्षा गरिएअनुसारको लगानी नआउने बताए । ‘यदि देशमा राजनीतिक स्थायित्व थियो भने लगानी भित्र्याउन कुनै सम्मेलन गर्नुपर्दैनथ्यो,’ प्रतिनिधिसभाका सांसदसमेत रहेका कोइरालाले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण छ, सबै ऐन कानुनहरु लगानीमैत्री छन् ।

सरकारले लगानीको सुरक्षाको ग्यारेन्टी गर्छ भन्ने लगानीकर्तामा विश्वस्त गराउनु जरुरी छ । सरकारपिच्छे नीतिहरु परिवर्तन हुन्छन् । त्यही भएर पनि अहिलेको अवस्थामा लगानीकर्ताले ढुक्कले लगानी गर्ने अवस्था देखिँदैन ।’ उनले विगतमा गरिएको लगानी सम्मेलनले के–कति परिणाम निकाल्यो भन्ने समीक्षा हुनुपर्नेमा जोड दिए । ‘सम्मेलनमा गरिएका प्रतिबद्धता र समझदारीअनुसार कतिको लगानी भित्रियो भनेर समीक्षा गर्नुपर्छ,’ उनले भने ।

कोइरालाले सरकार चलाउनभन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनपर्ने बताए । अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए । राजनीतिक स्थायित्वबिना आर्थिक विकास नहुने पनि उनले बताए ।

यतिबेला आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत बताए । उनले संकटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताए । नेता कोइरालाले आन्तरिक मनमुटावलाई बिर्सिएर पार्टीलाई एकढिक्का बनाउनेतर्फ लाग्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा रहेको मानव सेवा आश्रमलाई विभिन्न दाताहरुको सहयोग
यी वर्षहरुमा खोप लाउन छुटेकाहरुलाई पोलियो विरुद्धको खोप दिइदै
आवाज भन्दा छिटो गतिमा यात्रा गर्न सक्ने विमान उडानको तयारी

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल