Birat Post शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ बैशाख ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर-१ ले आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले यस्तो बताएका हुन् । विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै उनले स्थिर सरकारले मात्र देशमा समृद्धि आउने र यसका लागि कांग्रेस र एमाले मिल्नुपर्नेमा जोड दिए ।

कांग्रेस र एमाले मिलेर सरकार बनोस् भन्ने जनमतलाई अंगिकार नगर्दा देशमा राजनैतिक अस्थिरता उत्पन्न भएको नेता पराजुलीको धारणा थियो । कांग्रेस र एमाले मिलेर वर्तमान निर्वाचन प्रणाली फेर्न आवश्यक भएको र त्यसका लागि ठूला राजनैतिक दल मिलेर अगाडि बढ्न आवश्यक रहेको उल्लेख गरे ।

मुलुकका हरेक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनले स्मरण गरे । उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएकोसमेत बताए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल