Birat Post सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२४ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन्।

आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको काठमाडौं जिल्ला भेलामा उनले विदेशीहरुको हस्तक्षेप बढेको बताए। उनले विदेशीहरुको दबाब र प्रभावमा प्रधानमन्त्रीले समीकरण परिवर्तन गर्दै हिडेको बताए।

उनले भने, ‘वर्तमान अवस्थामा कति बेला के हुन्छ, कतिबेला सत्ता परिवर्तन हुन्छ, भन्ने कुरा कसैलाई थाहा छैन्। नेपालको सरकार कस्तो हुनुपर्छ ? कुन पार्टी मिलेर लड्नुपर्छ भन्ने कुरा समेत विदेशीले तय गर्न थाले, विदेशीहरुको दबाब प्रभावमा भई रहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिड्छन भने देशको अवस्था के हुन्छ ? उनीहरुको प्राथमिकतामा सत्ता मात्रै छ। र सत्ता पनि मिलेर बाँकी रहेको देश लुट्नको लागि र कारबाहीबाट जोगिनका लागि मात्र काम भइरहेको छ। यस्तो प्रवृत्ति कहिलेसम्म देशले धान्न सक्छ। यो अवस्थाबाट देशलाई मुक्त गराउनु पर्छ।’

राजा आउने वित्तिकै विकास नभएपनि देशमा शान्ति र स्थिायित्व कायम हुने भन्दै त्यसैको जगमा नेपालमा विकास र समृद्धिको अभियान चलाउन सजिलो हुने उनको भनाई छ।

सम्बन्धित

ताजा अपडेट
माओवादी नेता महराको थुनछेक बहस जारी
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू
नेपालबाट बाहिरियो मनसुन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल