Birat Post बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२६ बैशाख ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन निरन्तर रहने बताएका छन् । पार्टी कार्यालय बालकुमारीमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहेका पार्टी अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन आजका मितिसम्म जारी रहेको उल्लेख गरे ।

“सरकारलाई दिएको हाम्रो समर्थन यथावत छ, बाँकी परिस्थिति कसरी विकास हुन्छ भन्नेमा निर्भर रहन्छ”, उनले भने । राजनीतिक अस्थिरता र गलत क्रियाकलापको पात्र आफ्नो पार्टी नभएको जिकिर गर्दै अध्यक्ष यादवले भने, “आगामी दिनमा दिइने समर्थन सरकारकै व्यवहारमा भर पर्छ ।”

केही व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले पार्टीलाई विभाजन गरेको उनको भनाइ थियो । बहुमत सांसद र केन्द्रीय नेता आफ्नो पक्षमा रहेको दाबी गर्दै उनले आफू विदेश भएका बेला पार्टी विभाजन गरेको तथा निर्वाचन आयोगले पनि हतारमा दल दर्ताको प्रमाणपत्र दिएको उल्लेख गरे ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग अमेरिका जानुअघि गोप्य वार्ता गरेका यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गर्दै थिए ।

सोही जानकारी पाएपछि उनी अमेरिकाबाट फर्किनुअघि नै पार्टी फुटाएर आफ्नो पक्षमा माहोल बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको योजना सफल भएको दाबी गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
गृहमन्त्री लामिछानेकाे स्पष्टोक्ति- जीबी राईले गरेको सबै फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन
मिल्स टी– २० क्रिकेट प्रतियोगितामा होराइजन र वाइआरसीसी फाइनमा भिड्दै
कक्षा-३ का विद्यार्थीहरूको पढाइ तथा गणितीय सीप परीक्षण हुदै, कोशी प्रदेशका ११० विद्यालय छनौट

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल