Birat Post आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, ६ जेठ । उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछानेले आफूमाथि अन्याय भएपछि महान्यायधिवक्ताको कार्यालयमा पत्र लेखेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा आफूमाथि उठेका प्रश्नका जवाफ दिँदै लामिछानेले सहकारीको नामै तोकेर आफ्नो नाम सूचना मागेको त्यसको राजनीतिक अन्तर्यबारे थाहा नभएको टिप्पणी गरे ।

उनले भने, ‘सभामुख महोदय, आफूमाथि अन्याय हुँदा, मेरो बारेमा सूचना माग्न काँही न काँही जानैपर्ने थियो । व्यक्तिका रुपमा सूचना माग्नका लागि मैले महान्यायधिवक्ताको कार्यालयमा पत्र लेखेँ । मेरा बारेमा धेरै समाचारहरु आए । सहकारीको नामै तोकेर नाम आएपछि मेरोबारे सूचना मागेको हुँ । मैले त्यसभित्रको राजनीतिक अन्तर्य बुझ्न सकिनँ ।’

सहकारीको रकम अपचलनमा आफूविरुद्ध लगातार समाचार आइरहँदा कतै प्रहरीमा उजुरी वा मुद्दा परे नपरेको बुझ्न महान्यायाधिवक्ताबाहेकको निकाय आफूले नदेखेको उनले बताए ।

गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जीबी राईले गरेको फोहोर आफूले नसोहोर्ने समेत भनाइ उनले राखे । ‘विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिको कुनै पनि ऋण लिने प्रक्रियामा मेरो कुनै संलग्नता छैन । जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन,’ उनको भनाइ थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल