Birat Post सोमबार, जेठ १४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

रोशिका अधिकारी

विराटनगर,१४ जेष्ठ ।

विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानि आयोजनाको कार्यसमिति निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएकी दुर्गा चापागाईले नयाँ अनुहारको पक्षमा उपभोक्ताहरु रहेको बताएकी छन् ।

विराटनगर वडा न.४ का उपभोक्ताहरुसंग सोमबार भएको छलफल कार्यक्रममा बोल्दै चापागाईले लामो समयदेखिको एकाधिकार तोड्न आवश्यक रहेको र यसका लागि आवाज बुलन्द हुन थालेको विस्वास व्यक्त गरिन् ।

शुरुवाती चरण देखिनै उनी यो आयोजना ल्याउने र गतिशिलता प्रदान गर्ने मध्येकी एक सक्रिय सदस्य हुन् । उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेकी छन् ।

चापागाईले खानेपानि आयोजनामा नातावाद कायम रहेको र कर्मचारी नियुक्ती तथा आर्थिक हिनामिना भएको भन्दै यसलाई निर्वाचित भएपछि रोक्ने बताएकी छन् ।

खानिपानिको सुद्धता कमजोर बन्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् । यो अवस्था सुधारका लागि अधितम प्रयास गर्ने चापागाइको भनाइ छ ।

खानेपानि आयोजनाको यही जेष्ठ १९ गते शनिबार विराटनगरमा चुनाव हुदै छ । यसका लागि तीन समुह प्यानल बनाएर चुनाबी प्रतिश्पर्धामा उत्रेका छन् ।

दुर्गा चापागाई,राम घिमिरे र लालमणि भट्टराई प्यानल बनाएर चुनावी अभियानमा होमिएका छन् । घिमिरे भने बहालवाला अध्यक्ष हुन् । उनी लामो समयदेखि अध्यक्षको जिम्मेबारी सम्हाल्दै आएका छन् ।

चापागाईको प्यानलमा उपाध्यक्ष सावित्रा पोखरेल ,उपाध्यक्ष भोला घिमिरे, सचिव पवन भट्टराई ,कोषाध्यक्ष राजेन्द्र पोखरेल (राजन) , सदस्यहरुमा मातृका प्रसाद कोईराला, यशोदा कार्की, संगिता कट्वाल, राजकुमार राजवंशी उम्मेदवार रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल