Birat Post आइतबार, जेठ २०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,२० जेठ । संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आइतबार बस्दैछ।

आज बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रस्ताव पेशपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने
संघीय संसद सचिवालयले जनाएकाे छ। त्यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ। राष्ट्रियसभामा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूची छ।

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेकाे छ। अर्थमन्त्री पुनले  संसद्‌मा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ कराेड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरेका थिए।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको सडक सौन्दर्यकरणका लागि हिमालयन बैंकको सहयोग
मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने कांग्रेस कोशी प्रदेश समितिको निर्णय
एनईएससीको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल