Birat Post आइतबार, जेठ २०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ,२० जेठ । टी-२० विश्वकप क्रिकेटको औपचारिक सुरुवात आज हुँदैछ। उद्घाटन समारोह अघिनै पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबिच प्रतिस्पर्धा भइरहेको छ।

विश्वकपमा यो पटक २० टिमलाई ४ समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको छ।

अमेरिका र वेस्टइन्डिजमा हुने खेलमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको उद्घाटन समारोह भने विश्वकपको दोस्रो खेल सुरु हुनुअघि अर्थात् नेपाली समय अनुसार साँझ ६:४५ मा सुरु हुनेछ। समारोहमा डेभिड रुडर, रावी बी, इरफान आल्वस, डीजे एना र अल्ट्राले आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ।

टी-२० विश्वकप अमेरिका र वेस्टइन्डिजले आयोजना गर्दैछन्। अमेरिकाले ३ भेन्युमा कुल १६ खेलको आयोजना गरेको छ। न्यूयोर्कमा ८ खेल हुँदा डालास र फ्लोरिडामा समान ४-४ खेल हुने छन्।

त्यस्तै वेस्टइन्डीजका ६ भेन्युमा कुल ३९ खेल हुनेछन्। बारबाडोसमा ९ खेल हुँदा एन्टीगुऔमा ८, सेन्ट लुसियामा ६, गुयानामा ६, विसेन्टमा ५ र ट्रिनिडाडमा ५ खेल हुने कार्यतालिका रहेको छ। प्रतियोगिताको फाइनल बारबाडोसमा हुनेछ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल