Birat Post आइतबार, जेठ २०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं  , २० जेष्ठ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठकाे इजलासले यस्ताे आदेश जारी गरेकाे हाे ।

गृहमन्त्री लामिछानेले यही जेठ १५ गते गणतन्त्रको अवसरमा ट्राफिक महिलाले महिनावारीका बेला चार दिन सडकमा खटिनु नपर्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सङ्केत वत्ती, गति सीमितलगायत सवारी नियम उल्लङ्घन गर्नेहरूलाई भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिने उद्देश्यले ट्राफिक प्रहरीसँगै उनीहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाउने निर्णय गरेको थियो ।

उनीहरुलाई भोलिपल्टैबाट सिंहदरबार चोक, माइतीघर, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो, चापागाउँ दोबाटो, भक्तपुरमा खटाइएको थियो । तर, त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले यो अन्तरिम आदेश दिएको हो ।

सम्बन्धित

ताजा अपडेट
केशु विरहीद्धारा लिखित ‘उपद्रष्टा हर्कमान तामाङ’ पुस्तक लोकार्पण
राससलाई समय सापेक्ष बनाउनु पर्छ : मन्त्री भण्डारी
हिन्दु राष्ट्र र राजसंस्था फर्काउने निर्णायक आन्दोलन गर्न राजावादी शुभेच्छुकहरुको सुझाव

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल