Birat Post बिहिबार, जेठ २४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ जेठ/ विराटनगरलाई डुबानमुक्त बनाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले नाला र पैनी तथा ढल सफाईलाई तीव्रता दिएको छ । सफाइका हरेक गतिविधिमा मेयर नागेश कोइराला आफैं उपस्थित भएर अनुगमन गर्दै आएका छन् ।

प्रदेश संसद भवन अगाडिबाटसुरु गरिएको ढलको सफाइ विभिन्न वडामा जारी छ । त्यस्तै मेयर कोइरालाले बिहीबार विराटनगर–६ स्थित केशलिया रोडको नालाको सफाइको अनुगमन गरेका छन् । मेयर कोइरालाले नाला मात्रै नभएर पानी क्रस हुने होमपाइप र कल्भर्टसमेत सफा गर्न निर्देशन दिएका छन् ।

प्लाष्टिक, बोतल, बोरा, कार्टुनलगायतका सामान नालामा विर्सजन गर्दा सफाइमा समस्या भएको छ । उनले पानी सहज निकासका लागि नालामा फोहोर नफ्याल्न सबैलाई आग्रह गरेका छन् ।  महानगरवासीलाई डुबान समस्याबाट मुक्त गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।

सफाइका क्रममा पानीको बोतल, प्लाष्टिक, पुरानो जुत्ता, चप्पल, बियर र रक्सीका बोतल अत्यधिक भेटिएको महानगरको सरसफाई शाखाका किरण न्यौपानेले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर वडा नं. ८ का जेष्ठ नागरिक भाग्यमानी, वडाध्यक्ष पोखरेलको सक्रियताले पाए दाँत
विद्यालयस्तरीय फुटबलमा डन बस्को स्कुलको विजयी सुरुवात
आठ देशका लागि राजदूत सिफारिस, को को छन् ?

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल