Birat Post शुक्रबार, आषाढ ०७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ असार /
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले छुरा प्रहार गरी हत्या गरेको आरोपमा विराटनगर ४ का २४ बर्षीय गणेश भन्ने रमेश यादबलाई पक्राउ गरेको छ ।

असार ५ गते बुधबार राती रमेश यादबले छिमेकीको घरमा पाहुनाआएका दुहबी नगरपालिका १२ सुनसरीका २३बर्षीयअक्लेशकुमार यादबलाई सामान्य वाद विवादका क्रममा धारीलो हतियार छुराप्रहार गरेका थिए । छुरा प्रहारबाट घाईते भएका यादबको उपचारको क्रममा नोबेलअस्पताल बिराटनगरमा मृत्यु भएको थियो ।

घटनामा संलग्न रमेश यादबलाई प्रहरीले भाग्दै गरेको अवस्थामा सुनसरीको लौकहीबाट पक्राउ गरेको हो ।पक्राउ परेका यादबको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यता यो घटनामा नोबेल अस्पताल विराटनगरले समेत समयमा उपचार नगरिदिएका कारण ज्यान गएको आरोप परिवारजनले लगाएका छन् । उपचारमा चिकित्सकहरु नआउनु,भिडियो कल गरेर सिकारु डाक्टरलाई अर्हाउने काम गर्नु ,अस्पतालको हेलचेक्राइ अधितम देखिनुका कारण आफ्नो परिवारले ज्यान गुमाएको उनका दाजु निखिलेश यादवले बताए ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल