Birat Post शनिबार, आषाढ १६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस शनिबार खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ। दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनताको पेसा खेतीपाती हो।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन।

यसैवीच शैलजा आचार्य स्मृति पोलिटेक्निक सिसवनीमा कृर्षि विषयमा अध्ययनरत विद्यार्थीले धान रोपाई गरेका छन् । उनीहरुले झण्डै १० कठ्ठा जग्गामा धान रोपाई गर्न लागेका हुन् । कृर्षिमा आकर्षण बढाउन विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहने पोलिटेक्निकका प्रिन्सिपल सन्त बहादुर अधिकारीको बताउछन् । अध्ययन पछि फर्किएका अधिकांश विद्यार्थीहरु कृर्षिमा महत्वपूर्ण योगदानमा सरिक भएको अधिकारीको दाबी छ ।

सम्बन्धित

ताजा अपडेट
केशु विरहीद्धारा लिखित ‘उपद्रष्टा हर्कमान तामाङ’ पुस्तक लोकार्पण
राससलाई समय सापेक्ष बनाउनु पर्छ : मन्त्री भण्डारी
हिन्दु राष्ट्र र राजसंस्था फर्काउने निर्णायक आन्दोलन गर्न राजावादी शुभेच्छुकहरुको सुझाव

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल