Birat Post शनिबार, आषाढ २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२२ असार । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिएका हुन् ।

मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । जनमत पार्टीसँग प्रदेशसभामा १३ प्रदेशसभा सदस्य छन् । कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा आज १०१ जना प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियो । मुख्यमन्त्री सिंहलाई विश्वासको मतको पक्षमा ६७ मत प्राप्त भएको छ । विपक्षमा ३४ प्रदेश सभा सदस्यहरुले मत हालेका छन् ।

मुख्यमन्त्री सिंहलाई नेपाली कांग्रेस, नेकपा (एमाले), जनमत पार्टी लगायतका सांसदहरुले विश्वासको मत दिएका हुन् । केन्द्रीय सरकारमा आएको राजनीतिक उलटफेरका असर मधेश प्रदेशबाट देखापरेको छ ।

मुख्यमन्त्री सिंहलाई कांग्रेस र एमाले गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका सिंहलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीलगायत दलको समर्थन थियो । विश्वासको मत लिनुभन्दा पहिले नै मुख्यमन्त्री सिंहले माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीसहित चार दललाई सरकारबाट हटाएर ६ जना मन्त्री बर्खास्त गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल