Birat Post बुधबार, आषाढ २६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२६ असार ।  प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विश्वासको मत लिँदैछन् । नेकपा एमालेले सत्ता गठबन्धन छाडेर समर्थन फिर्ता लिएसँगै उनले विश्वासको मत लिन लागेका हुन् ।

दुई ठूला दलहरु नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने निर्णय भएसँगै प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ ।

शुक्रबार २८ गते उनी विश्वासको मत लिन असफल भएसँगै कांग्रेस र एमालेको भद्र सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् । त्यसपछिको चुनावी प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा हुनेछन् ।

पहिलो चरणमा ओलीको नेतृत्वमा सरकार बन्ने भएसँगै एमालेले पनि मन्त्रीहरुको रोजाइ गरिरहेको छ भने कांग्रेसलाई एउटा उपप्रधानसहितका मन्त्रालयहरु दिने तयारी छ ।

एक जनामात्र उपप्रधानमन्त्री राख्ने भद्र सहमति भएको बताइएको छ । एमाले आन्तरिक कसरतमा रहेका बेलामा कांग्रेसभित्र पनि समीकरण बन्दै गएको छ ।

कसको नेतृत्वमा कांग्रेस, को को मन्त्री ?
नेपाली कांग्रेसभित्र जहिले पनि लोकतान्त्रिक अभ्यास चल्ने गर्छ । त्यसैकारण पनि गठबन्धन सरकारमा जानका लागि आकांक्षी सांसदहरु धेरै रहेका छन् ।

कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भनेर अहिले नै यकिन गर्ने अवस्था छैन । यद्यपि सभापति देउवालाई कसको नेतृत्वमा सरकारमा पठाउने र कसलाई मन्त्री बनाउने भन्ने चुनौती देखिएको छ ।

देउवाले महामन्त्री गगनकुमार थापालाई नेतृत्व गरेर सरकारमा सहभागी हुनका लागि आग्रह गरिरहेका छन् ।

एमालेसँग कुममा कुम जोडेर काम गर्नका लागि सोही खालको नेता जरुरी पर्ने भन्दै देउवाले महामन्त्री थापालाई नै कांग्रेसको नेतृत्व गरेर जान आग्रह गरेका हुन् । त्यसो त ओली पनि थापालाई आफ्नो नेतृत्वको सरकारमा सहभागी गराउन पाए आफ्नो विरोध सदाका लागि बन्द हुने अपेक्षामा छन् ।

तर महामन्त्री थापा भने पार्टीभित्र धेरै काम गर्न बाँकी रहेको भन्दै आफू सरकारमा जाने पक्षमा देखिएका छैनन् । उनले सघाउने वचनमात्र दिएका छन् ।

यतिबेला सभापति देउवा र महामन्त्री थापाबीच कसलाई सरकारमा पठाउने भन्ने बारेमा गम्भीर छलफल हुँदै आइरहेको छ । एकआपसमा सहयोग गरेर जाने विषय चलिरहेकाले दुवै नेताहरु गम्भीर भएरै यो समस्याको समाधान गर्ने पक्षमा रहेको देखिन्छ ।

पहिले पटक–पटक मन्त्री भएकालाई दोहोर्याउने पक्षमा यसपालि देउवा छैनन् । सोही कारण पनि निकै गम्भीर भएर महामन्त्री थापासँग सहयोग मागेरै सल्लाह गरिरहेका छन् ।

धेरै आकांक्षीबीच सन्तुलित टिम पठाउने विषयमा सभापति र महामन्त्री थापालाई चुनौती रहेको देखिन्छ ।

सभापति निवास बुढानीलकण्ठमा आकांक्षीहरु धाइरहँदा देउवाले सल्लाहका लागि महामन्त्री थापाकोमा समेत पठाउने गरेको पाइएको छ । यसले गुटबन्दी अन्त्य गरी सबै पक्ष मिलाएर लैजानेतर्फ सभापति र महामन्त्री रहेको बुझिन्छ ।

सोही कारण मन्त्रीका आकांक्षीहरुले दुवैलाई भेटिरहेका छन् । महामन्त्री थापाले आफू सरकारमा नजाने बताइरहँदा परिस्थिति कस्तो हुन्छ अझै भन्न सक्ने अवस्था छैन ।

यद्यपि ढोका भने खुला रहेको बुझिन्छ । कसैले अनुभवी कृष्णप्रसाद सिटौलालाई सरकारमा जान पहल गरेको पाइन्छ । तर यसमा सिटौला आफैँले इच्छा नदेखाइरहेको सन्दर्भमा उनी सरकारमा सहभागी नहुने बुझ्न सकिन्छ ।

मध्यमार्गीका रुपमा उपसभापतिसमेत भइरहेका र मन्त्रालय सम्हालेको अनुभव लिइसकेका प्रकाशमान सिंहलाई नेतृत्व गरेर पठाउन सक्ने सम्भावना उत्तिकै रहेको छ ।

प्रकाशमानलाई नेतृत्व गरेर पठाउने बारेमासमेत छलफल नै भएको छ । केपी शर्मा ओलीले पनि प्रकाशमानले नेतृत्व गरेर कांग्रेसबाट आउँदा अप्ठेरो नहुने भनी हरियो झण्डा देखाइसकेको स्रोत बताउँछ ।

महामन्त्री थापा नेतृत्व गरेर नजाने हुँदा स्वास्थ्य प्रतिकुलताका बाबजुत पनि प्रकाशमानले कांग्रेसको नेतृत्व गरेर जाने प्रवल सम्भावना रहेको छ । फेरि देउवाले आफू सभापति हुँदा प्रकाशमानले लगाएको गुन तिर्न बाँकी रहेको बताउँदै आइएको छ ।

महामन्त्री थापा सरकारमा नजाँदा अर्का महामन्त्री विश्वप्रकाश शर्मा सरकारमा जान सक्ने सम्भावना पनि बलियो छ ।

यसपालि सभापति देउवाले नेता डा. शेखर कोइरालासँग पनि समन्वय गरिरहेका छन् । महामन्त्री थापा सरकारमा नजाँदा महामन्त्री थापाले आफ्नो पक्षका दुई जनालाई र डा. शेखरले पनि दुई जना पठाउने तयारी गरेको बुझिन्छ ।

केही दर्जन सांसदहरु सरकारमा जानका लागि आकांक्षी रहेका छन् । क्लस्टर मिलाउँदै जाँदा दलिततर्फ छुटेकाले यसपालि सहमहामन्त्री जीवन परियारको सम्भावना अधिक देखिएको छ ।

त्यस्तै अर्का सहमहामन्त्री किशोर सिंह राठोरको सम्भावना पनि प्रवल रहेको छ । साथै सुदूरपश्चिमबाट अर्का सहमहामन्त्री बद्री पाण्डेको पनि सम्भावना उत्तिकै देखिन्छ ।

सुदूरपश्चिमबाट बद्री पाण्डेको सम्भावना रहेको छ । तर सभापति देउवाको उक्त क्षेत्रबाट रमेश लेखक गृहमन्त्री र आरजू राणा देउवा परराष्ट्र मन्त्री बन्ने पक्का जस्तै छ । नेता लेखकले नयाँ गठबन्धनका लागि गहन पहल गरेका थिए ।

त्यस्तै नयाँ गठबन्धनका लागि मेहनत गर्ने अर्का नेता हुन् केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरी । सोही कारण पनि उनी मन्त्रीका प्रवल दावेदार हुन् । सभापति देउवालाई गुन लगाउँदै आएका चौधरी तीन पटक सांसद भए तर अहिलेसम्म मन्त्री हुने अवसर पाएका छैनन् ।

उनी व्यापारिक पृष्ठभूमिबाट आएका भए पनि अहिलेसम्म पार्टीलाई योगदानमात्रै दिँदै आएका छन् ।

डलर अर्बपतिसमेत रहेका उनलाई मन्त्री भएर केही कमाउने भन्दा देश बनाउने एकमात्र ध्यान जाने भएकाले पनि उनलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएर खस्केको नेपालको अर्थतन्त्रलाई उकास्न प्रेरित गर्ने विश्वास लिइएको छ । सांसद चौधरीलाई मन्त्री बनाउन अन्य ब्यापारीहरुसमेत लागेका छन् ।

थारु क्लस्टरबाट यसअघि हटाइएका तेजुलाल चौधरीलाई यसपटक सम्भावना बढी छ । काठमाडौँबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गरिरहँदा प्रदीप पौडेल र प्रतिमा गौतमको सम्भावनालाई नकार्न सकिन्न ।

त्यस्तै रसुवाबाट निरन्तर चुनाव जित्दै आएका इन्जिनियर मोहन आचार्य पनि मन्त्रीका दावेदार रहेका छन् । उनले लामो समयदेखि देउवालाई सघाउँदै आएका छन् ।

शेखर कोइरालाको तर्फबाट डा.चन्द्र भण्डारी, सञ्जय गौतम, हृदयराम थानी र रामनाथ अधिकारीको सम्भावना बढी रहेको देखिन्छ ।

दीपक गिरी सम्भावना पनि उत्तिकै छ । उनले डा. शशांक कोइरालासँगै गगन–शेखरको सद्भाव खोजिरहेका छन् ।

प्रदेश र समावेशी सिद्धान्त मिलाउँदै जाँदा लीला बोकिम, सरिता प्रसार्इं, डा. सुनील शर्मा, शंकर भण्डारी, अजय चौरसियालगायतका सांसदहरु पनि मन्त्री बन्ने लाइनमा देखिन्छन् ।

डा. शर्मा त प्रतिनिधि सभाको निर्वाचनमा ‘पपुलर भोट’ का साथ विजयी भएका कारण पनि मन्त्री बन्ने लाइनमा देखिएका हुन् ।

थुप्रै आकांक्षी भए पनि महामन्त्री थापाले समावेशी मन्त्रिमण्डल बनाउनु पर्नेमा जोड दिँदै आएका छन् । त्यसका लागि उनी सभापतिसँग निकट रहेर गृहकार्यमा लागिरहेका छन् ।

  • हाम्रा कुरा डट.कम बाट ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल