Birat Post शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ साउन । नेकपा माओवादी केन्द्रले आज शुक्रबार कोशी प्रदेश सरकार छाड्ने जनाएको छ । माओवादी स्रोतका अनुसार सरकार छाडे संगै समर्थन पनि फिर्ता लिने तयारी भइरहेको छ । केन्द्रीय सत्तासमीकरणमा फेरवदल आएपनि माओवादीले कोशी प्रदेश सरकार छाडेको थिएन ।

माओवादीले प्रदेश सरकार छाडेपछि कांग्रेसको इन्ट्री हुने छ । नौं वटा मन्त्रालय रहेको कोशीमा कांग्रेसले ४ वा ५ मन्त्रालय पाउने भन्नेमा एकिन भएको छैन । यसका लागि थप छलफल र सल्लाह भइरहेको कांग्रेस र एमालेका नेताहरुको भनाइ छ ।

कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट उप्रेतीसँगै राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड पर्यटन वन तथा वातावरण राज्यमन्त्री छन् । उनीहरु बाहिरिए संगै केहीदिन भित्रै एमाले नेतृत्वमा सरकार पुर्नगठन हुने छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो सरकारबाट छाड्ने कुराको पुष्टि गरे ।

यता नेपाली कांग्रेस संसदीय दल कोशीका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मत बहादुर कार्की संग छलफल भइरहेको जानकारी दिए । पार्टी केन्द्रको निर्देशन बमोजिम कोशी प्रदेश सरकारमा सहभागी हुने तयारी भइरहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल