Birat Post शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ साउन । भारतले सुन र चाँदीको भन्सार शुल्क घटाउने घोषणा गरेको छ । मंगलबार वित्त वर्ष २०२४/२५ का लागि वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको बजेटमा यस्तो घोषणा गरिएको हो ।

बजेट भाषणमा भनिएको छ, ‘सुन र बहुमूल्य धातुमा आन्तरिक मूल्य अभिवृद्धि गर्न सुन र चाँदीमा भन्सार घटाउने प्रस्ताव गरिएको छ ।’ प्रस्तावित भन्सार दर सुन र चाँदीमा ६ प्रतिशत कायम गर्ने उल्लेख छ ।

यसले भारतभित्र सुन र चाँदीको मूल्य अहिलेको तुलनामा कम हुने छ । बजेटले मोबाइल फोनको चार्जर, बिजुलीको तार र एक्सरे मेसिनको समेत मूल्य कम हुने गरी नीति ल्याएको वित्तमन्त्री सीतारमणले जनाएकी छिन् ।

भारतले नेपालको छिमेकी मुलुक बिहार र आन्द्र प्रदेशलाई अधिक प्राथमिकता दिएर बजेट ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारमा मात्र ३ एक्सप्रेस वे बनाउने घोषणा गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव, शैक्षिक परामर्शदेखि पर्यटन वर्ष २०८२ को समेत प्रचार
झापामा हुने धार्मिक अनुष्ठान सफल बनाउन ४८ वटा संघसंस्थाको साझा प्रतिवद्धता
लायन्स क्लव अफ विराटनगर इनोभेटिभद्वारा शैक्षिक सामाग्री वितरण

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल