Birat Post मंगलबार, साउन १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ साउन /विराटनगर–१४ मा अवस्थित काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा यसै शैक्षिक सत्रबाट स्कुल अफ इन्जिनियरिङको बि.आई.टी कार्यक्रम सञ्चालनमा ल्याईएको छ ।

काठमाण्डौ विश्वविद्यालयले एक कार्यक्रम गरी विश्वविद्यालय र एस्पायर कलेज बिच साझेदारी रुपमा बि.आई.टी कार्यक्रम सञ्चालन गर्ने सहमती भएको हो । बि.आई.टी कार्यक्रम एक अत्याधुनिक र अत्यावश्यक क्षेत्रमा आधारित छ । प्रविधि र ईन्जिनियरिङको क्षेत्रमा विद्यार्थीलाई व्यावसायिक र प्राविधिक दक्षता प्रदान गर्ने यस कार्यक्रमको लक्ष्य हो । चार बर्ष, ८ सेमेष्टर अध्यापन गराईने यो कार्यक्रममा कक्षा ११ र १२ मा विज्ञान संकाय अध्ययन गरेर जी.पि.ए. २.० वा ५०% अंक ल्याएर उत्तिर्ण हुने विद्यार्थीहरुले भर्ना पाउन सक्ने छन् ।

काठमाण्डौं विश्विद्यालयको प्रत्यक्ष निगरानीमा चलिरहेको यस एस्पायर कलेजमा यसै वर्ष देखिआई.टी कम्पनी समेत सञ्चालनमा आउदैं छ । विद्यार्थीलाई भर्ना देखि रोजगार सम्म सेवा पु¥याउने अभिप्रायले सञ्चालन गरिने यस आई.टी कम्पनीमा विद्यार्थीहरुले इन्टर्न तथा रोजगारी पाउने छन् । २०२२ मा स्थापित यस कलेजमा बि.टेक.एड.आई.टी र बि.पि.एच. (प्रोफेसनलहोटल मेनेजमेण्ट) कार्यक्रम सञ्चालनमा छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल