Birat Post मंगलबार, साउन २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ साउन ।
बहिरा महिलाहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिम साथै रोजगार तथा स्वरोजगार सम्वन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा विभिन्न जिल्लाका बहिरा महिलाहरुको सहभागिता रहेको थियो । जसमा कुन क्षेत्रमा कस्ता प्रकृतिका अपाङ्गता भएकाहरुलाई रोजगार दिन सकिन्छ भनेर केन्द्रित थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग तथा व्यपारिक प्रतिष्ठानमा अपाङ्गता भएका मानिसहरुलाई पनि कसरी रोजगार दिन सकिन्छ भनेर परिक्षणमुलक काम भइरहेको जानकारी दिए ।

आफुले विशेषत बहिरा मानिसहरुका लागि कसरी रोजगार प्रदान गर्न सकिन्छ भनेर लागेको बताए । प्रमुख वक्ताकारुपमा रहेका राउतले आफ्ना अनुभव समेत सेयर गरेका थिए । आफ्नो उद्योग शिवम् फुटवेयर्स प्रा.लिद्धारा उत्पादित चप्पल फ्याक्ट्रिमा बहिरा व्यक्तिहरुले काम गरिरहेको जानकारी दिए । उनले सकेसम्म यसखाले रोजगारको सिर्जना गर्ने बताए । उद्योगी राउतले नीजि क्षेत्रले गर्ने उत्तरदायित्व आफ्नै ठाउँमा रहेपनि राज्यका स्थानिय ,प्रदेश र संघीय इकाइहरुमा बहिरा तथा दोभाषेहरुको व्यवस्था नहुनु विडम्वना भएको बताए ।

कार्यक्रममा बहिरा महिलाहरुले जति पढेपनि रोजगार नपाएको गुनासो गरेका थिए । उनीहरुले आफुहरुलाई उपयुक्त स्थानमा रोजगार दिन आग्रह गरे । यस्तै बहिरा व्यक्तिहरुले होटल तथा विभिन्न व्यवसायिक क्षेत्रमा काम गरिरहेका उदाहरण समेत प्रदर्शन गरिएको थियो ।

माइराइट डिडिएफको सहयोग र राष्ट्यि बहिरा महासंघ नेपालको आयोजनामा भएको कार्यक्रममा एनडी एफ एक्स आइका कोशी अध्यक्ष सिताराम ओझा, होटल संघ नेपालका राजन श्रेष्ठ,करुणा फाउण्डेसन मोरङका संयोजक राजकिशोर साह,दोभाषे सन्तोषी घिमिरे, अभियन्ता तथा पत्रकार कौशल निरौला लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल