Birat Post सोमबार, साउन २८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,२८ साउन ।  मिडिया काउन्सिल विधेयकमा लगानीको स्रोत खुलाउनु पर्ने प्रस्तावित प्रावधानलाई जस्ताको त्यस्तै राख्ने राखिने भएको छ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सोमबार मिडियाका लगानीकर्ताले आफ्नो स्रोत र अन्त गरेको लगानीका बारेमा जानकारी दिनुपर्ने विधेयकको प्रावधान राख्ने निर्णय गरेको हो।

विधेयकको दफा १८ मा भएको प्रावधानलाई नितरन्तरता दिने सहमति समितिले गरेको छ । दफा १८ (१) मा भनिएको छ, ‘सञ्चार संस्थाको अध्यक्ष र सञ्चालकले आफ्नो लगानी भएको व्यवसाय लगानीको क्षेत्र र स्रोतको बारेमा काउन्सिललाई तोकिए बमोजिम जानकारी गराउनुपर्नेछ।’

समितिले पारित गरेको उक्त प्रावधानमा भनिएको छ, ‘सञ्चार संस्थाले आफ्नो व्यवसाय वा लगानी गरेको संस्थासँग सम्बन्धित समाचार, लेख वा रचना प्रकाशन वा प्रसारण गर्दा त्यस्ता सामाग्रीहरू आफ्नो लगानी रहेको क्षेत्रसँग सम्बन्धित भएमा  देख्न पढ्न वा सुन्न सक्ने गरी तोकिए बमोजिम जानकारी गराउनु पर्नेछ।’

मिडियामा भएको लगानी अपपारदर्शी भएको भन्दै तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले विधेयक ल्याउँदा स्रोत खुलाउनुपर्ने अन्य क्षेत्रमा गरेको लागनीका बारेमा समेत काउन्सिलमा जानकारी गराउनुपर्ने प्रस्ताव गरेकी थिइन्।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल