Birat Post बुधबार, आश्विन ०२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । उक्त बैठकमा कार्कीले विश्वासको मत लिने बताइएको छ ।

नेकपा माओवादी केन्द्रको समर्थनमा बैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । सत्ता गठबन्धन परिवर्तन भएसँगै माओवादी केन्द्रले भदौ १४ गते विश्वासको मत फिर्ता लिएपछि कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन् ।

कोशीमा सत्तारुढ दलहरू नेकपा एमालेका ४० र कांग्रेसका २९ सांसद छन् । सत्ता पक्षमा ६९ जना सांसद भएकाले मुख्यमन्त्री कार्कीले सहजै विश्वासको मत पाउने देखिएको छ । कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल