Birat Post मंगलबार, आश्विन २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं : भारत सरकारले नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि आपतकालीन राहत सामग्री हस्तान्तरण गरेको छ । भारत सरकारका तर्फबाट दूतावासका द्वितीय सचिव नारायण सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई आपतकालीन राहत सामग्रीको खेप हस्तान्तरण गरेका हुन् ।

भारतीय दूतावासका अनुसार टारपोलिन, स्लीपिङ ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतलसहितको ४.२ टन राहत सामग्री भारतबाट नेपालगञ्ज ल्याइ पुर्‍याइएको हो ।

दूतावासले भारत सरकार अन्य अत्यावश्यक सरसफाइ सामग्री तथा औषधिका साथै अन्य राहत सामग्रीको पनि व्यवस्था गरिरहेको बताउँदै उक्त सामग्रीहरु पनि छिट्टै उपलब्ध गराइने जनाएको छ ।

२०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा शुरुमा तत्परता देखाएको बताउँदै दूतावासले बाह्य मुलुकमा अपरेशनमैत्री नामक सबैभन्दा ठूलो विपद् राहत अभियान सञ्चालन गरेको उल्लेख गरेको छ । भारतले २०८० साल कात्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि राहत सामाग्री उपलब्ध गराएको थियो ।

हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको दूतावासले उल्लेख गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल