Birat Post सोमबार, कार्तिक १९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ कार्तिक । लामो समयदेखि गाडी नचलाएर बसेकाहरुकाे लागि विराटनगरको जेके ड्राइभिङ स्कुलले विशेष कोर्स ल्याएको छ। स्कुलका संचालक गोकुल थापाका अनुसार चाडपर्वलाई लक्षित गरी ल्याइएको यस अफरमा एक हप्ते रिभिजन कोर्स मात्र रु. ५,००० मा उपलब्ध गराइएको छ। “हाम्रो उद्देश्य सुरक्षित र आत्मविश्वासी चालक तयार पार्नु हो,” थापाले भने। “विशेषगरी लामो समयदेखि गाडी नचलाएका व्यक्तिहरूलाई पुनः सडकमा फर्कन सहज वातावरण बनाउन यो कोर्स ल्याएका हौं।” कोर्समा भीडभाडमा ड्राइभिङ, उकालो-ओरालो र पार्किङको विशेष अभ्यास, सानो ठाउँमा गाडी व्यवस्थापन, सुरक्षित ओभरटेक, आपतकालीन ब्रेकिङ र स्टियरिङ नियन्त्रण जस्ता महत्वपूर्ण सीपहरू सिकाइन्छ।

प्रतिकूल मौसम र रात्रिकालीन ड्राइभिङको विशेष तालिम पनि समावेश गरिएको छ। नयाँ चालकहरूका लागि पनि विशेष प्याकेज उपलब्ध छ। बिगिनर क्लास पनि रु. ५,००० मै उपलब्ध गराइएको छ । फुलकाेर्स गर्नेलाई ट्रायल पास नहुन्जेल निःशुल्क प्रशिक्षण दिइने ग्यारेन्टी समेत गरिएको छ। स्कुलले मोटरसाइकल र साइकल यात्रीसँग सडक साझेदारी, विद्यालय र अस्पताल क्षेत्रमा विशेष सावधानी जस्ता सामाजिक जिम्मेवारीका विषयहरू पनि समावेश गरेको छ। थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले हाटखोला, विराटनगरमा रहेको जेके ड्राइभिङ स्कुलमा सम्पर्क गर्न सक्नेछन्।

सम्बन्धित

ताजा अपडेट
माओवादी नेता महराको थुनछेक बहस जारी
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू
नेपालबाट बाहिरियो मनसुन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल