Birat Post बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,२१ कार्तिक ।  सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् ।

एमाले नेता तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी आठ सदस्यीय संयन्त्र गठन गरिएको जानकारी दिए ।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल रहेका छन् ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । यसैगरी, प्रदेशमा तीन/तीन जना रहने गरी संयन्त्र विस्तार गर्ने र जिल्लामा दुई–दुई जना रहने गरी संयन्त्र बनाइने समेत नेता गौतमले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल