Birat Post मंगलबार, मंसिर ०४, २०८१ मा प्रकाशित

featured photo: Birat Post
विराटनगर,४ मंसिर ।  मनमोहन प्राविधिक विश्वविद्यालय वुढीगङ्गा मोरङले यही शैक्षिक सत्रदेखि बीबीए एलएलबी र एलएलएमको पढाई शुरु गर्ने भएको छ । विश्वविद्यालयले आज विराटनगरमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा व्यवस्थापन र कानुनलाई समेटेर विश्वविद्यालयले पाठ्यक्रम तयार गरेको विश्वविद्यालयका उपकुलपति डा.सुवास श्री पोखरेलले जानकारी दिनुभयो ।  बीबीए एलएलबीमा नेपालमै पहिलो पटक विश्वविद्यालयले पढाई शुरु गर्न लागेको हो ।
आगामी पुस देखि बीबीए एलएलबीको कक्षा शुरु हुने पाँच वर्षे कोर्षमा विद्यार्थीले ४० प्रतिशत व्यवस्थापन, ५० प्रतिशत कानुन र १० प्रतिशत अन्य विषयमा अध्ययन गर्ने गरि पाठ्यक्रम तयार गरिएको उपकुलपति पोखरेलले बताउनुभयो ।  प्रविधिमैत्री, व्यवहारिक र समय सान्र्दभिक कानुनी जनशक्ति उत्पादन गर्ने लक्ष्य लिई मनमोहन प्राविधिक विश्वविद्यालयले देशमै पहिलो पटक स्कुल अफ एप्लाइड साईन्स टेक्नोलोजी एण्ड ल अन्तर्गत ‘मनमोहन ईस्टिच्युट अफ ल’ स्थापना छ गरेर नयाँ नमूना पाठ्यक्रममा आधारित भएर कानुनमा स्नातक तह (बीबीए एलएलबी) को पढाई सुरु गर्न लागेको उपकुलपति पोखरेलले बताउनुभयो ।
  पाँच वर्षे यो पाठ्यक्रमले विद्यार्थीहरूलाई देवानी र फौजदारी मुद्दाहरूमा प्राविधिक खोज अनुसन्धान गर्न सक्षम बनाउने छ । पाँच वर्ष कोर्षका लागि विद्यार्थीले रु चार लाख ५० हजार शुल्क लाग्ने र छात्रवृत्तिको व्यवस्था समेत रहेको छ । यसैगरी  विश्वविद्यालयले आगामी माघ महिनादेखीे फौजदारी अपराध कानुनमा एलएलएम इन क्रिमिनल ल को पढाई पनि सुरु गर्ने लक्ष्य रहेको मनमोहन ईस्टिच्युट अफ लका प्रमुख कोषराज नेउपानेले जानकारी दिनुभयो ।
 विश्वविद्यालयमा तीन बटा स्कुलहरू स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज तथा स्कूल अफ एप्लाइड साईन्स, टेक्नोलोजी एण्ड ल सञ्चालन भइरहेको उपकुलपति पोखरेलले बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल