Birat Post आइतबार, मंसिर ०९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

मोरङ, ९ मङसिर । सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी कुनै अन्य पार्टीका विलय नहुने बताउनु भएको छ ।
विराटनगर–९ मा पार्टीकोे जिल्ला कार्यालयको आज उद्घाटन गर्दै उहाँले पार्टीलाई बलियो बनाउन गाँउगाउँ, टोलमा संगठन विस्तार कार्यमा सबै सदस्यहरुलाई क्रियाशिल हुन आग्रह समेत गर्नु भयो ।

पार्टीको उपमहासचिव समेत रहनु भएका मन्त्री यादवले आगामी तीन बर्षभित्र मुलुकको मुख्य पार्टीको रुपमा निर्माण गर्ने विश्वास दिलाउनु भयो । उहाँले तराई मधेशबाट प्रतिनिधित्व गर्ने अन्य पार्टी( उपेन्द्र यादव)को वाहकेका एउटा मोर्चा गठनको निर्माणको प्रक्रियामा रहेको जानकारी दिँदै चाँडै सार्वजनिक गर्ने बताउनु भयो ।

मन्त्री यादवले पार्टी गठनको छ महिनाको छोटो अवधिमा विभिन्न वाधाव्यधानलाई चिर्दै जिल्ला ,जिल्लामा पार्टीलाई शक्तिशाली बनाउन लागि परेको विचार राख्नु भयो । पार्टीका कोशी प्रदेश उपाध्यक्ष केशब गुरुङ र जिल्ला अध्यक्ष मोहम्मद नसरुलले प्रदेश तथा जिल्लामा पार्टीको संगठन विस्तार एवं जनताको पार्टीप्रति आकर्षण वढेको विचार राख्नु भयो ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल