Birat Post सोमबार, मंसिर १०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० मंसिर ।
दुई सातायता ग्रामथान गाउँपालिकामा ठूला नेताहरूको ओहोरदोहोर बाक्लो चलिरहेको छ । ठूला हुन् या साना, सबैजसो दलहरूले ग्रामथानमा हुने उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन्।

उपनिर्वाचनले आगामी दिनका लागि चुनावी सन्देश दिने, जनमत आफूतिर तानिएको प्रमाणित हुने र स्थानीय सरकारमा आफ्नो शक्ति प्रदर्शित हुने आशाले दलहरूले सारा शक्ति खन्याउने योजना बनाएका छन्।

यसैक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही उपनिर्वाचनको कार्यक्रममा सहभागी बन्न मंगलबार ग्रामथान आउने भएका छन् । ग्रामथानमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेशकुमार थन्दार(दिलेश) गाउँपालिका अध्यक्षको उम्मेदवार छन् ।

उनलाई जिताउन सकेसम्म प्रयास भइरहेको राप्रपा मोर ङ प्रवक्ता सन्जय विक्रम अधिकारीले जानकारी दिए । यसैका लागि जिल्ला अध्यक्ष गोपाल कट्वाल लगायत विभिन्न केन्द्रीय नेताहरु गाउँपालिकामा केन्द्रित रहेको प्रवक्ता अधिकारीले बताए । राप्रपाबाट कम उमेरका युवा व्यक्ति उठाएको र चर्चित मानिस भएकाले पनि जीत हासिल हुने दावी अधिकारीको छ ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल