Birat Post मंगलबार, मंसिर ११, २०८१ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,११ मंसिर । ग्रामथानमा आगामी १६ गते गाउँपालिका अध्यक्षका लागि हुन लागेको उपनिर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुले आ–आफ्ना गतिविधिलाई तीब्रता दिइरहेका छन् । नेपाली काँग्रेसका उम्मेद्वार बलराम सरदारलाई सघाउनका लागि पूर्वमन्त्रीहरु महेश आचार्य, मिनेन्द्र रिजाल, डिकबहादुर लिम्बू, नेतृ डिला संग्रौला, प्रदेश सांसद सांसद भीम पराजुली,अमृत अर्याल, नेता गुरु घिमिरे लगायत खटिएका छन् । काँग्रेसले पनि घरदैलो कार्यक्रमलाई तीब्रता दिइरहेको छ ।

नेकपा एमालेका पनि केन्द्रदेखि प्रदेशका नेताहरू चुनावमा खटिएका छन् । तुलसीराम विश्वासलाई सघाउन एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईदेखि, अध्यक्ष घनश्याम खतिवडा, नेताहरु विनोद ढकाल, जीवन घिमिरे पनि चुनावमा खटिरहेका छन् । एमालेका ग्रामथान गाउँपालिका अध्यक्षसमेत रहेका सत्यनारायण माझीलाई चुनावी कमाण्डर बनाइएको छ । एमालेले वडावडाका समितिलाई छुट्टाछुट्टै प्रचारटोली बनाएर खटाएको छ ।

माओवादीबाट उम्मेद्वार बनेका नमोनारायण माझीलाई जिताउन चुनावी कमाण्डर बनेर खटिएका छन् पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी । माझीलाई सघाउन माओवादीका केन्द्रीय सदस्य एवं राष्ट्रियसभाका माओवादी दलका प्रमुख सचेतक गोपी अछामीदेखि पूर्वराज्यमन्त्री विजयकुमार विश्वास, पूर्वसांसद कुलप्रसाद साम्बालगायत दैनिक खटिरहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका दिनेशकुमार थन्दार(दिलेश) लाई जिताउन राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही  समेत प्रचार-प्रसारमा खटिएका छन् । यस संगै राप्रपाका सह महामन्त्री प्रल्लादप्रसाद साह, जिल्ला अध्यक्ष गोपाल कट्वाल, मोर ङ प्रवक्ता सन्जय विक्रम अधिकारी लगायतको टोली खटिएका छन् ।

रास्वपा, नागरिक उन्मुक्ति, जसपा, समाजवादी पार्टी, जनमत, मंगोल अर्गनाइजेसनलगायतका पार्टीहरुले पनि प्रचारलाई तीब्र बनाएका छन् । ग्रामथानमा अहिले कोशी प्रदेशकै चुनावी सरगर्मी स्थल बनेको छ । ग्रामथान गाउँपालिकामा ठूला नेताहरूको ओहोरदोहोर बाक्लो चलिरहेको छ । ठूला हुन् या साना, सबैजसो दलहरूले ग्रामथानमा हुने उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन्।

उपनिर्वाचनले आगामी दिनका लागि चुनावी सन्देश दिने, जनमत आफूतिर तानिएको प्रमाणित हुने र स्थानीय सरकारमा आफ्नो शक्ति प्रदर्शित हुने आशाले दलहरूले सारा शक्ति खन्याउने योजना बनाएका छन्। यद्यपी चुनावी परिणाम कसको पोल्टामा पुग्ने हो कसैले अनुमान समेत लाउन सकिरहेको देखिदैन ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल