Birat Post बिहिबार, मंसिर १३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ मंसिर । नेपाली कांग्रेस कोशी प्रदेश समितिको पहिलो सम्मेलन मंसिर २२ गते विराटनगरमा हुने भएको छ । सम्मेलनको तयारीका सम्बन्धमा जानकारी दिन बिहीबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा तयारी स्वरुप ८ वटा उपसमिति गठन भएको जानकारी दिइएको छ ।सम्मेलनले दिशानिर्देश गरेअनुरूप साङ्गठनिक गतिविधिहरू थप बढाउँदै जाने प्रदेश सभापति उद्धव थापाले बताए । विराटनगरको मनास्लु पार्टी प्यालेसमा आयोजना हुने सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीले सम्बोधन गर्ने भएका छन् । सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने प्रदेश सभापति थापाले जानकारी दिए ।

केन्द्रीय सदस्यहरू, १४ जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि नगर÷ गाँउ कार्यसमिति सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरूलाई सम्मेलनमा निमन्त्रणामा गरिएको छ । सम्मेलनमा महामन्त्री उमेश थापाले पेस गर्ने राजनीतिक प्रतिवेदन, अर्का महामन्त्री भूपेन्द्र राईले पेशगर्ने साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

कांग्रेसको प्रदेशस्तरीय संगठनलाई क्रियाशील, सुदृढ, चलायमान र थप जिम्मेवार बनाउनका लागि प्रदेश कार्य समितिले विभिन्न अभियान सञ्चालन गर्दे आएको जनाएको छ । कांग्रेसले पुस १६ राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ पारेर झापाको केचनाबाट सगरमाथासम्म जनजागरण अभियान सञ्चालन गर्ने पनि जनाएको छ । रोजगारी, कृषि, रहनसहनसँग जोडिएर अध्ययन गर्न अभियान चलाउन लागेको उनले बताए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल