Birat Post मंगलबार, मंसिर १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

मोरङ, १८ मंसिर । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षले सभापतिहरूको भेला नरोक्ने भएको छ । शेखर पक्षका सभापतिहरूको भेला आजदेखि विराटनगरमा शुरू हुँदैछ ।

दिउँसो १ बजे विराटनगरको जैन भवनमा उद्घाटन भेला उद्‌घाटन गर्ने कार्यक्रम छ । यसअघि सोमबार कांग्रेसको केन्द्रीय कार्यालयले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई परिपत्र गर्दै कुनै पनि कार्यक्रम नरहेको जनाएको थियो ।

२२ गतेदेखि कोशी सम्मलेन हुँदै गर्दा त्यसअघि कुनै पनि कार्यक्रम नरहेको र त्यस्तो कुनै भेला पनि नगर्न पार्टीले निर्देशन दिएको थियो ।

कार्यक्रममा सहभागी हुन सोमबार साँझै पालिका सभापतिहरु मोरङको बेलबारी आईपुग्नु भएको र अरु आज आउने क्रममा रहेको कार्यक्रमका सह संयोजक छत्र लिम्बूले बताए । कोइराला पक्षका विराटनगर सभापति दीपकचापागाईंले भने भेला रोक्नुपर्ने कुनै कारण नभएको बताए । केन्द्रले पत्रमार्फत् भेला रोक्नु नभनेको उनले बताए ।

केन्द्रीय समितिको कार्यक्रम नभएको विषय मात्रै पत्रमा उल्लेख गरिएकाले उनले बताए । भेलामा सहभागी हुन ११३ पालिकाका सभापतिहरूले नाम दर्ता गरिसकेको उनले दाबी गरे ।

‘हामीले गर्ने भनेको भेला निर्धारित समयमा हुन्छ । १ सय १३ पालिकाका सभापतिहरू आइसक्नु भएको छ,’ उनले भने । कोशी प्रदेशमा १३७ पालिका रहेका छन् । बेलबारीमा भेला भएका पालिका सभापतिहरु र सहभागीहरुले मंगलबार बिहान बेलबारी बजार पदयात्रा गर्दै बेतना सिमसारको अवलोकन गरिएको मोरङ क्षेत्र नम्बर ३ का सचिव साथै कार्यक्रमका सचिवालय संयोजक राजेन्द्र बहादुर अधिकारीले बताए ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल