Birat Post मंगलबार, मंसिर १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ मंसिर । प्रदेश सम्मेलनअघि कोशीमा कुनै भेला छैन भनेर केन्द्रीय कार्यालयले सर्कुलर गरेपनि मंगलबार विराटनगरमा शेखर कोइराला समूहले पालिका सभापतिहरूको भेला सम्पन्न गरेको छ । भेलामा सहभागी नगर,जिल्ला र केही माननीयहरुले पार्टी सभापति शेरबहादुर देउवालाई सत्तोसराप गर्न भ्याए । नेपाली कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र डा.शेखर कोइराला भन्दा तलका सवै बक्ताहरुले कुनै न कुनैरुपमा सभापति देउवा विरुद्ध आक्रोेश पोखेका थिए ।

केन्द्रीय सर्कुलर अन्तरगतको पत्र र अनुशासन नसिकाउन भन्दै बक्ताहरु आक्रोशित देखिन्थे । यसका अलाबा पनि नेपाली कांग्रेसका नेता डा .शेखर कोइराला भने कार्यक्रममा निकै नरम देखिए । उनले भने, ‘तपाईंहरू कुनै डर, भय नराखी घर फर्कनुहोस् । तपाईंहरूको संरक्षण गर्ने जिम्मा लिन्छु । कुनै किसिमको डर, धाक, धम्कीबाट नआत्तिनु होला ।”

उनले १५औं महाधिवेशनबाट गलत कुरा हुन नदिने र कार्यकर्ताको संरक्षण आफूले गर्ने समेत बताए । पार्टीलाई गलत ट्राकबाट हिड्नबाट रोक्नुपर्ने कोइरालाले बताए । यस्तै उनले संविधान संशोधन गर्नेगरी गठन भएपनि वर्तमान सरकारले त्यसमा ध्यान नदिएको आरोप लागाए । सरकार बनेको चार महिना लाग्दा समेत सत्ता पक्ष र अन्य दलसँग छलफल गर्न सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ ।

अन्य दलसँग समेत संविधान संशोधनका विषयमा छलफल गर्नु पर्ने कोइरालाको माग छ । नेता कोइरालाले पार्टीको महाधिवेशन समयमा गर्नका लागि गाउँ – गाउँमा बाट दबाब कार्यकर्ताहरूलाई आग्रह गरे । १५औं महाधिवेशन तोकिएको समयमा हुने सम्भावना आफूले नदेखेको भन्दै कोइरालाले कार्यकर्ताहरूलाई सचेत बन्न आग्रह गरे ।

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टी सभापतिविरुद्ध उचालिएर गाली गर्नु गलत हुने बताए । रिजालले भने, “सभापति ज्यू ले आफ्नो अन्तिम कार्यकाल पूरा गर्दै हुनुहुन्छ । हामी उहाँलाई सहायोग गरौ । समय सवैको आउछ । नेताहरु धेरै उत्तेजनामा वग्नु हुदैन । पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा हुनु नराम्रो कुरा हैन तर यसलाई सहजीकरण गरेर अगाडि बढ्नु पर्छ । जनताका काम गरौ,सवै जना काम गरेर पार्टी बलियो बनाऔं ।”

कार्यक्रममा नेताहरू डिग बहादुर लिम्बु ,गुरु घिमिरे,सुनिल शर्मा, राजीव कोइराला, केदार कार्कीलगायत केन्द्रीय र प्रदेशस्तरीय नेताहरू भेलामा सहभागी थिए । यसअघि सोमबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई पत्राचार गर्दै औपचारिक रूपमा मंसिर २२ प्रदेश सम्मेलन हुने र त्यसअघि पार्टीका तर्फबाट कुनै पनि कार्यक्रम नराखिएको बताएका थिए । यस संगै कतिपय नेता कार्यकर्ता आक्रोशित देखिन्थे ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल