Birat Post शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ,१२ पुस ।    मोरङको कटहरी गाउँपालिका – २ नयाँ बजार स्थित  ” विकास पोद्दार स्मृति परिषद् ”  द्वारा दुईजना जेहेन्दार तथा   विद्यार्थीलाई नगद छात्रवृत्ति सहित सम्मान गरेको छ। सम्मानित हुनेहरूमा विराटनगरस्थित सेन जोसेफ इङ्लिस बोर्डिङ स्कुल का छात्र विनम्र घिमिरे र कटहरी गाउँपालिका ४ स्थित भगवती आधारभूत विद्यालयकी छात्रा आरुसी कामत लाई सम्मान गरेको हो। घिमिरेलाई रु २१ हजार र कामतलाई रु ११ हजारद्वारा  सम्मान गरिएको हो ।
विकास पोद्दार स्मृति परिषद् का संरक्षक देवानन्द पोद्दार  कटहरी गाउँपालिकाक वडा नम्बर ४ का वडाध्यक्ष जिबेश्वर यादव डाक्टर रामलाल सुतिहार डाक्टर प्रतिभा मण्डल विष्णुदेव मण्डल लगायतले उनीहरूलाई सम्मान गरेका छन् । स्वर्गीय विकास पोद्दार अक्षय कोष बाट सम्मान गरिएको हो।
 स्वर्गीय विकास पोद्दार एक जेहेन्दार विद्यार्थी  थिए । उनको जन्म २०४९ साल भदौ ७ गते भएको थियो भने उनको मृत्यु 2079 साल पुष १२ गते जर्मनीमा निमोनिया रोगबाट मृत्यु भएको थियो। विज्ञान संकायमा स्नातकोत्तर गर्न उनी पूर्ण छात्रवृत्तिमा जर्मनी पुगेका थिए । परिवारका एकमात्र छोरो आफूसँग नहुँदा उनका पिता देवानन्द पोद्दार साह्रै दुःखी र मर्माहत छन् भने उनकी  एक छोरी हाल अमेरिका राज्यको  मेरील्यान्ड प्रान्तमा छिन् भने अर्की छोरी पोखरामा एमबिबिएस अध्ययनरत छिन्।

सम्बन्धित

ताजा अपडेट
नेपाल अमेरिकासँग १०६ रनले स्तब्ध, चलेन ब्याटिङ
माओवादी नेता महराको थुनछेक बहस जारी
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल