Birat Post बुधबार, माघ ०९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

झापा, ९ माघ । जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अर्गानिक   खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर , मकै , जौं, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवको स्टलमा बसेकी छिन् । त्यस बाहेक जडिबुटीको चिया, जिम्मु र दाँते ओखरपनि उनको स्टलमा रहेको छ ।
पोखराकी संगीता गुरुङले रुकुम र डोल्पाको सिमा क्षेत्रबाट भीर महुरीको मह ल्याएकी छिन् । उनको स्टलमा औषधिय गुण भएको मह र लेकाली भेडाको ध्यू उपलब्ध छ ।

ताप्लेजुङस्थित  फुङ्लिनकी माया गुरुङले अलैंचीको रेसाबाट निर्मित हस्तकलाका आर्कषक सामग्रीले स्टल सजाएकी छिन् । उनले यो सीप विकासका लागि परामर्श समेत प्रदान गर्ने बताइन् । आफू र आफू जस्तै महिलाहरुको आर्थिक क्षमता अभिवृद्धिका लागि विगत लामो समय यता गुरुङले यो व्यवसाय सञ्चालन गर्दै आएकी छिन् । अग्यार्निक कपुरधुप उत्पादन र प्रशिक्षण सञ्चालन गर्दै आएकी झापाकी खेमकुमारी ओली आफ्नो बस्तु र परामर्श सहित महोत्सवको स्टलमा पुगेकी छिन् ।

राष्ट्रिय अन्तराष्ट्रिय बजारमा पाइने बस्तु र सेवाहरुको एकै थलोबाट अबलोकन र बिक्री बितरणका लागि सञ्चालन गरिएको यो महोत्सवमा पूर्वी नेपालमा उत्पादित चिया, अलैँची , मसला र जडीवुटीहरु पनि व्यवसायीहरुले सजाएका छन् ।
मेचीनगरमा रहेको एड्भान्स मल्टी प्रोडक्सन कम्पनी प्रालिले अग्यार्निक सामग्रीको प्रयोगमा जोड दिँदै सुपारीका पातबाट बनाइएका घरायसी सामग्री बिक्री बितरणका लागि राखेको छ ।

यो महोत्सवले सिङ्गो नेपाल सहित भारत, वंगलादेश, पाकिस्तानका व्यवसायीलाई एकै थलोमा जोडेको छ । अघिल्ला महोत्सवमा जस्तै यस पटक पनि उपभोक्ताको उल्लेख्य उपस्थिति रहने व्यवसायीहरुले अपेक्षा गरेका छन् । झापाकै जिना बस्नेत १२ वटा फरक ÷फरक अचारका प्याकेजिङ लिएर स्टल पुगेकी छिन् । उनको स्टलमा हस्तकलाका माला , कुसन र गुडिया (डल) भेटिन्छन् । च्याउको सुकुटीपनि उनले राखेकी छिन् । सहारा सतासी महिला महुरी उद्योगले पनि आफ्नो उत्पादनलाई बिक्री स्टलमा राखेको छ । स्वरोजगार मुलक उद्योगका सञ्चालकलाई बिशेष सहुलियतमा महोत्सवमा स्टल उपलब्ध गराइएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार पाकिस्तानी लेदर, भारतीय किचन आइटम , वंगलादेशी गामेन्टका उत्पादन पनि महोत्सवमा राखिएका छन् ।

वाणिज्य संघ अन्तरगतकै महिला उद्यमी समूहले अग्यार्निक खाजाका रुपमा सेलरोटी र तरकारी सहुलियत दरमा उपलब्ध गराउँदै आएको समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईले जनाएकी छिन् । महोत्सव स्थलमा अन्य विभिन्न होटलहरु समेत सञ्चालनमा रहेका छन् ।
अवलोकन कर्ता र बालवालिकाका लागि खेलकुदका सामग्री साथै प्रशिद्ध कलाकारहरुको साङ्गीतिक प्रस्तुति प्रत्येक दिन रहने महोत्सव संयोजक विशाल थापाले बताए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल