Birat Post शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित

featured photo: Birat Post

झापा, माघ ११ । मेला या महोत्सव केवल मनोरञ्जनका लागि घुम्ने गरिन्छ । कतिपय मेला महोत्सवमा मनोरञ्जनका साथै दैनिक उपभोग्य साम्रगीहरुको सूपथ मूल्यमा खरिद बिक्री समेत हुन्छ । तर, झापाको बिर्तामोडमा जारी ‘ बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा भने सहभागीले मनोरञ्जन मात्र लिएका छैनन् उनीहरुले शैक्षिक परामर्शदेखि पूर्बका पर्यटकीय क्षेत्रको जानकारी र पर्यटन वर्ष २०८२ को समेत जानकारी पाइरहेका छन् ।
विभिन्न कन्सलट्यान्सीहरुले महोत्सवमा सहभागीलाई उच्च शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श प्रदान गरिरहेका छन् भने पर्यटन कार्यालय काँकरभिट्टाले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को विषयमा जानकारी गराइरहेको छ । कोशी प्रदेश सरकारले २०८२ साल लाई पर्यटन वर्ष घोषणा गरेको छ ।
अधिकांश विद्यार्थीले माध्यमिक तहको  परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि विदेश रोज्छन् । तर, उचित शैक्षिक पराशर्म नपाउँदा उनीहरु कुन देशको  शैक्षिक अवस्था कस्तो छ भनेर अनभिज्ञ रहन्छन् । यस्तो अवस्थामा सारथि हुन्छन् कन्सलट्यान्सीहरु । तिनै कन्सलट्यान्सीले बिर्तामोड महोत्सवमा विद्यार्थी र उनीहरुका अभिभावकलाई लक्षित गर्दै शैक्षिक परामर्शका लागि स्टलहरु राखेपछि महोत्सवमा सहभागीले त्यसको भरपूर फाइदा लिएका छन् ।
बिर्तामोडमा रहेको वीज इन्टर नेशनल एजुकेशन सर्भिसले महोत्सवमा स्टल राखेर शैक्षिक परामर्शको क्षेत्रमा जानकारी गराइरहेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै कन्सलट्यान्सीले पराशर्म दिइरहेको वीज इन्टरनेशनलका प्रवन्ध निर्देशक  अशोक भण्डारीले जानकारी दिए । वीज इन्टरनेशनलले अष्ट्रेलिया , जापान, युके, न्यूजरल्याण्ड लगायतका विश्व विद्यालयका विषयमा परामर्श महोत्सल स्थलमै प्रदान गर्दै आएको छ ।
महोत्सव स्थलमा नै रहेको अर्बन स्पेश एजुकेशन कन्सलट्यान्सीका प्रवन्ध निर्देशक तुलसी पाठकले कोरिया, जापान, युके लगायतका मुलुकमा रहेका विश्व विद्यालयका विषयमा महोत्सव स्थलमा सहभागीलाई पराशर्म दिदै आएको जानकारी दिए । महोत्सव स्थलमा विद्यार्थीदेखि अभिभावक समेत सहभागीता हुने भएकाले परामर्श दिन सहज भएको उनको भनाई छ ।
विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या वार्षिक रुपमा बढ्दो छ । सरकारको पछिल्ला वर्षको तथ्याङ्कलाई अध्ययन गर्दा विदेश अध्ययनका गर्ने जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको देखाउँछ । शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी)’ लिएर विदेश अध्ययन गर्न गएका  विद्यार्थी मध्ये कजि नेपाल फर्किए त्यसको कुनै तथ्याङ्क छैन । तर, विदेश अध्ययनका लागि जाने विद्यार्थीको संख्या भने बढ्दो छ । विदेशमा उच्च आयको रोजगारीको ग्यारेन्टीले समेत नेपाली विद्यार्थी विदेश पढ्न रुचाउँछन् । जसका कारण नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका हुन् ।
विद्यार्थीलाई महोत्सव मूल आयोजक समितिले निःशुल्क प्रवेशको व्यवस्था गरेसंगै महोत्सव अवलोकनका लागि विद्यार्थीलाई सहज भएको छ । विद्यालय पोशाक र शिक्षकको रोहवरमा महोत्सव स्थलमा पुगेका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव मूल आयोजक समिति संयोजक विशाल थापाले बताए ।
महोत्सव स्थलमा पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेको पर्यटन कार्यालय काँकरभिट्टाले पर्यटन वर्ष २०८२ का विषयमा जानकारी गराउँदै आएको छ । जसले पर्यटन प्रहरी र पर्यटन वर्षका विषयमा जानकारी गराइरहेको पाइएको छ ।
‘हाम्रो सभ्यता र हाम्रो संस्कृति, अथितिको सत्कार पर्यटन मैत्री व्यहार, प्रहरी र नागरिक बरावर जिम्मेवार’ नारा सहित पर्यटन कार्यालयले पूर्वका पर्यटकीय क्षेत्र र पर्यटन वर्षका विषयमा महोत्सवमा सहभागीलाई जानकारी गराएको हो ।
पर्यटन प्रहरी कार्यालय काँकरभिट्टाले समेत ११ वुँदे अपिल सहित पर्यटक लाई स्थानीय पर्यटकीय गन्तव्यका वारेमा जानकारी गराउँदै पर्यटकको सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ । अपिलमा भनिएको छ – ग्रामीण पर्यटनको प्रर्वद्धन गरौं, गन्तव्यहरुको सही सूचना सम्प्रेषण गरौं’ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल