Birat Post सोमबार, माघ १४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय  जिम्मेवारी लिने चरणमा आफु पुगी नसकेको बताउनु भएको छ । राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाए पनि दलीय  जिम्मेवारी लिने चरणमा पुगी नसकेको उहाँको भनाई ।

आज विराटनगरमा पत्रकारसँगको भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो,‘ मेरो छलफलको विषय बनेको छैन । त्यसका लागि बेला भएको छैन ।’ राष्ट्रपति प्रणाली, राष्ट्रपति गैरराजनीतिक पद र जिम्मेवारी नभएको उहाँको जिकिर छ । उहाँले भन्नुभयो ,‘ जन्मेर, हुर्केर आएदेखि नेकपा एमाले भएको र जिम्मेवारी पनि त्यसरी नै पाएकाले भोलि जाँदा पनि त्यहीँ हो ।’

राष्ट्रले आवस्यकता महसुस गरे राजनीतिमा फर्किन सक्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ अहिले मिडियामा मेरो बारेमा आएका आएका कुरा गलत छन् ।’ उहाँले आफु सचेत, संगिठत भएर हिँडे देखि राष्ट्रिय राजनीतिमा चासो राखेर हिँडेको पूर्व राष्ट्रपति भण्डारीको भनाई छ । उहाँले भन्नुभयो,‘ राष्ट्रिय एजेन्डामा चासो हुन्छ । हरेकले राष्ट्रिय राजनीति बुझ्न आवस्यक छ । राजनीतिबाट कोही पनि अछुत छैन । कोही पनि राष्ट्रिय राजनीतिबाट फरक छैनौं । राजनीतिमा गहिरो चासो छ ।’

राष्ट्रिय राजनीतिको एजेन्डा आफ्नो भएको उहाँको तर्क छ । शिक्षा, सामाजिक विभेद, विज्ञान र प्रविध, खानेपानी आफ्नो राजनीतिक एजेन्डा भएको उहाँले बताउनुभयो । पूर्व राष्ट्रपति भण्डारी देशको सर्वोपरिलाई ध्यानमा राखेर काम गर्न उहाँले आग्रह पनि गर्नुभयो ।

 

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल