Birat Post मंगलबार, माघ १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

संखुवासभा,१५ माघ । नेपाली कांग्रेसले संखुवासभा सभापोखरि बाह्रबिसेका आगलागि पिडितहरुलाई राहत वितरण गरेको छ । स्थानिय कांग्रेस कार्यकर्ताद्धारा संकलित ४ लाख ८४ हजार ४ सय ४७ रुपैया नगद आगलागि पिडितहरुलाई प्रदान गरिएको हो । कांग्रेसको १ सय दिने अभियान अन्तरगत संखुवासभा पुगेका नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उक्त रकम हस्तान्तरण गरेका थिए ।

सभापोखरी गाउँपालिका–६ स्थित बजारमा माघ २ गते दिउँसो भएको आगलागीमा परि १७ घर जलेका थिए । आगलागिमा लाखौं रुपैयाँ बराबरको क्षति भएको वडाध्यक्ष जितेन्द्र वनेम लिम्बूले जानकारी दिए। आगलागीबाट मानवीय क्षति नभएपछि घर पूर्णरुपमा जलेको थियो । अभियान अन्तरगत पुगेका नेता पराजुलीले जनताको घरदैलोमा पुग्ने र समस्या सुन्ने काममा कांग्रेस लागेको वताए ।

आगलागिबाट भएको क्षतिप्रति उनले दुःख व्यक्त गरेका थिए । मानवीय त्रुटीका कारण हुने दुर्घटना र भइपरि आउने भवितव्य समाधानका लागि आवश्यक व्यवस्थापनमा जुट्नु आजको आवश्यकता भएको उनले औल्याए । कोशी प्रदेशका सांसद समेत रहेका पराजुलीले केही समय अगाडि प्रदेश सरकारलाई आगलागि पिडित परिवारलाई राहत प्रदान गर्न पनि आग्रह गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल