Birat Post मंगलबार, माघ १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,१५ माघ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई पनि सर्कूलर गरी राष्ट्रव्यापी रुपमा सहिद दिवस मनाउने निर्णय गरेको छ । सरकारले प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस राष्ट्रव्यापीरुपमा विविध कार्यक्रमगरी मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

उनले भने, ‘भोलि चाँही शहीद सप्ताहको अन्तिम दिन हो । त्यसकारणले शहीद दिवस चाँही भोलि सरकारको तर्फबाट मनाउने काम हुन्छ । पहिला शहीद गेट जान्छौं, प्रधानमन्त्रीज्युसँगै मन्त्रीज्युहरु पनि सहभागी हुनेछन् । त्यहाँ माल्यापर्णसहित श्रद्धाञ्जली अर्पण हुनेछ । त्यसपछि लैनचौर गएर श्रद्धाञ्जली अर्पण हुन्छ, र भोली नै हाम्रो भृकृटिमण्डपमा कार्यक्रम हुनेछ ।’

साथै मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट जारी भएको अध्यादेश कार्यान्वयनका लागि नियमावली बनाउने निर्णय समेत गरेको छ ।‘अब १८ गते हिउँदे अधिवेशन प्रारम्भ हुँदैछ । हिउँदे अधिवेशनमा नेपाल सरकारले सिफारिस गरेर सम्माननीय राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश संसदमा दर्ता गरिसकेका छौं,’ प्रवक्ता गुरुङले भने, त्यो अध्यादेश फास्ट ट्रयाकबाट हिउँदे अधिवेशनमा पारित गर्ने काम हुन्छ । त्यो अध्यादेश कार्यान्वयनका लागि नियमावली चाँही बनाउने निर्णयहरु गरेका छौं ।’

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल